Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाबुआमा निर्दयी बन्दा दुई छोराको बास शौचालयमा

गलेश्वर। नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुबै जनाले चटक्कै छोडेर अर्कैसँग घरजम गरेपछि बेसहारा बनेका दुई नातिलाई ७५ वर्षीया हजुरआमाले विद्यालयको चर्पिमा राखेर पालिरहेकी छन् । कमाइ खानका लागि एक सुर्को बारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ वर्षीया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई नातिलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका राजु सुनारका दम्पतीले आफ्ना दुई भाइ छोरा ९ वर्षीय एनस र ७ वर्षीय सिमसनलाई छोडेर अलग अलगरुपमा लाखापाखा लागेपछि जमुनाको काँधमा दुई नातिको लालनपालनदेखि लिएर शिक्षा दीक्षाको समेत जिम्मेवारी थपिएको हो । स्थानीयवासीका अनुसार बालकहरुका बाबा राजुले अर्को विवाह गरेर अन्यत्र बसेका छन् । आमा चाहीँले पनि अर्कैसँग सम्बन्ध गाँसेकी छन् । बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र छाडेपछि बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगविहीन शौचालयका दुई कोठा लिएर नातिहरुका साथ बस्दै आएकी छिन् ७५ वर्षीया जमुना । जमुनाले नातिहरुलाई स्याहारसुसार गर्न थालेको दुई वर्ष भएको छ । दुई वर्ष अघि छोराहरुलाई छोडेर गएका बाबुआमा अझैसम्म पनि आफ्ना सन्तानको खैखबर गर्न आएका छैनन् । “एक त आफ्नो शरीरले भर पाउँदैन, जीउले सकुञ्जेल गिट्टी कुटेर, बालुवा चालेर र अरुको घरमा काम गरेर भए पनि बेनीमा कोठा लिएर राखेंँ,” गहभरि आँसु निकाल्दै वृद्धा जमुनाले भनिन् – “अब त जीउले पनि सक्दैन । म पनि बिरामी छु । कसैले दिए खाने हो, नत्र भोकभोकै पल्टिने हो ।” गत मङ्सिरदेखि विद्यालयको शौचालयमा बास बस्दै आएका नाति बजैको अवस्था अत्यन्त दयनीय रहेको छ । “उनीहरुको टीठलाग्दो अवस्था देखेर प्रयोगमा नआएका शौचालयका दुई वटा कोठा बस्नका लागि दिएका छौं,” सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले भने । वृद्धभत्ता बाहेक आम्दानीको कुनै स्रोत नभएको जमुनाले बताइन् । जमुनाले भनिन् – “काम गर्न नसकेपछि कोठा भाडा तिर्ने पैसा भएन । त्यसैले यो बास मागेर बसेका छौँ ।” चार कोठे शौचालयको देब्रे पट्टिको एउटा कोठामा नाति बजै सुत्छिन् भने दाहिनेतर्फको कोठा भान्छाको रुपमा प्रयोग गर्ने गरिएको छ । दुई वटा कोठा भने विद्यालयले शौचालयको रुपमा प्रयोग गर्ने गरेको छ । छेउमै रहेको नियमित प्रयोग हुने शौचालयबाट दुर्गन्ध आउँछ । “दुर्गन्धलाई सहेर भए पनि बस्ने ओत पाएका छौं,” जमुनाले भनिन् – “त्यो नै हाम्रो लागि सबैभन्दा खुशीको कुरा हो ।” बेसहारा बनेकी जमुना शौचालयमा नातिहरुलाई राख्न पाएर खुशी भए पनि त्यो बाध्यताको खुशी भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं म्याग्दीका महिला अधिकारकर्मी रेखा कौशल रेग्मीले बताइन् । रेग्मीका अनुसार नेपालको संविधानमा व्यवस्था भए अनुरुप बेसहारा बनेका व्यक्तिहरुको संरक्षण गर्नु र तिनीहरुलाई आश्रय दिनु राज्यको कर्तव्य हो । “एकल महिला त्यसमा पनि ७५ वर्षीया जेष्ठ नागरिक र दुई नाबालकहरु बेवारिसे अवस्थामा शौचालयमा बस्न बाध्य हुनुले राज्यको ध्यान नपुगेको कुरालाई प्रष्ट्याउँछ,” रेग्मीले भनिन् – “समुदाय र सहृदयीहरुले दया गरेर सहयोग गर्नु मानवीयता हो तर, तिनीहरुको दीर्घकालीन रुपमा समस्या समाधान गर्नु राज्यको दायित्व हो ।” नाति बजैको अवस्था र उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु बेखबर र उदासीन भए पनि समुदाय र मनकारी व्यक्तिहरुबाट भने नाति बजैको सहयोगका लागि राहत उपलब्ध गराउने कार्य शुरु भएको छ । केही दिन अघि बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नून, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक कार्टुन चाउचाउ, दुई दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको जमुनाले बताइन् । त्यसैगरी, उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि बेनीका युवाले रु १७ हजार बराबरको अत्यावश्यक सामग्री सहयोग गरेका छन् । बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दीपक जिसीको नेतृत्वमा १० जना युवाले आर्थिक सङ्कट बेहोरिरहेकी सुनार परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy