Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कस्तो अचम्म ! सिरहामा दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

सिरहा। दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा छोरा चेलाइलाई सिरहाको छरापट्टी र कटहाको आधा गाउँ अंशमा दिए भने अर्का छोरा गुलाइले भटौरटैरर विनोदले कल्याणपुर गाउँ अंशमा पाए । उतm समुदायमा अंशमा पाएको र खरीद गरेको गाउँमा मात्र उत्पादन गरेको समान बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरीद गरेको गाउँमा चाडपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरीदारी गर्न पाउँछन् । आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताए । उनका अनुसार, आफ्नै दाजु भए पनि अरुको अंशको गाउँमा कारोवार गर्न समेत पाइदैन । अन्यथा जरिवाना तिर्नुपर्छ । प्रायः ओत लाग्ने झुपडी बनाउने जमीनसमेत नहुने उक्त समुदायको सम्पति भनेकै अशंबापत पाएको र आफ्नै कमाइले खरीद गरेको गाउँमात्र भएको डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले बताए । खुला बजार अर्थ नीतिअनुसार उत्पादित समान बजारमा निर्वाद रुपमा बिक्री गर्न पाइन्छ तर उतm नीति सो समुदायमा लागू भएको छैन । सिरहा कुर्वाका विरजु मरिकले आर्थिक समस्या परेपछि सिसवनी– १ का हरि मरिकलाई रु २५ हजारमा बन्धक राखेको कुर्वा गाउँ फुकुवा गराए । घरायसी समस्या टार्न प्राय क्रृण, सापटी पैँचो, अन्नपात, पशुपक्षी बेचबिखन गर्ने चलन भए पनि डोम समुदायले भने गाउँलाई नै बन्धक वा किनबेच गर्छन् । सिरहाकै विधानगर–६ का दरपि मरिकले चैनपुर बजारदेखि पश्चिम तिरको गाउँ सिसवनीकै हरि मरिकलाई रु ७० हजारमा बिक्री गरे । सिरहामा करीब दुई हजारको हाराहारीमा डोम समुदायको बसोवास रहेको एक तथ्याङ्कले देखाएको छ । यति मात्र होइन सन् २०१५ सम्ममा नेपाल सरकारले सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षाको घोषणा गरे पनि सिरहाका डोम समुदायका बालबालिकामा यो अभियान अझै छुन सकेको छैन । हातमुख जोड्न गाउँघर, शहर बजारमा शौचालय तथा ढल सफा गर्ने, सुङ्गुर बङ्गुरपाल्ने, बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका डोम समुदायले आफ्ना छोराछोरीलाई औपचारिक शिक्षा दिन सकिरहेका छैनन् । तराई–मधेसमा सबैभन्दा पिछडिएको डोम समुदायका बालबालिका आर्थिक विपन्नताका कारण विद्यालय जानबाट वञ्चित भएका हुन् । विद्यालय पढ्न कापी, कलम बोकेर जानुपर्ने उमेरमा यस समुदायका बालबालिका हातमा लठ्ठी लिएर सुङ्गुर बङ्गुर चराउन जान बाध्य छन् । सिरहाको उतरवर्ती क्षेत्रमा रहेको ढोढना गाविस–८ का १४ वर्षीय श्याम मरिकले किताबकापी किन्ने पैसा नभएपछि कसरी विद्यालय जान सकिन्छ भन्ने गुनासो गरे । झापादेखि रौतहटसम्म १२ जिल्लामा बसोवास रहेको यो जातिलाई राज्यले नै उपेक्षा गरेको छ । ‘सदियौंदेखि जातीय विभेद्को शिकार बन्दै आएका डोम समुदाय सबै क्षेत्रमा पिल्सिँदै आएका दलित अधिकारकर्मी दीपेन्द्र पासवानले बताए । राज्यले दिने सेवा सुविधा प्रवाहमा प्रभावकारी अनुगमन हुन नसक्दा त्यस्ता सेवा सुविधाबाट ती समुदाय वञ्चित रहँदै आएको जानकारी उनले दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy