Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

कश्मीर आक्रमणः भारत-पाकिस्तान तनाव घटाउन साउदी अरबको प्रयास

साउदी अरबले भारत र पाकिस्तानबीच बढेको तनाव साम्य पार्न प्रयास गर्ने बताएको छ। एशिया भ्रमणमा निस्केका साउदी युवराज मोहम्मद बिन सलमान पाकिस्तानबाट भारत आइपुग्नुअघि रियादले सो घोषणा गरेको हो। गत हप्ता भारत प्रशासित कश्मीरमा भएको आत्मघाती बम विस्फोटनमा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानले सो घटना गराएको आरोप लगाएको छ। पाकिस्तानले भने त्यसको खण्डन गरेको छ। पाकिस्तानी भूमिबाट सञ्चालित उग्रवादी सङ्गठन जैश-ए-मोहम्मदले सो आक्रमण आफूले गराएको दाबी गरेको छ। भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्याइदिने चेतावनी दिएको छ र भारतमा पाकिस्तानविरोधि प्रदर्शनहरू भएका छन्। सन् १९४७ मा विभाजन भएदेखि नै भारत र पाकिस्तानबीच कश्मीरबारे विवाद जारी रहेको छ। दुवैले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्। साउदी विदेशमन्त्री अदेल अल जुबेरले सोमवार साउदी अरबको लक्ष्य ती दुई छिमेकी देशबीच रहेको तनाव साम्य पार्ने प्रयास गर्नु र शान्तिपूर्ण ढङ्गबाट विवाद समाधान गर्न सकिने मार्ग छ कि भनेर हेर्नु रहेको बताएका छन्। गम्भीर आर्थिक सङ्कट खेपिरहेको पाकिस्तानमा साउदी अरबले २० अर्ब डलर लगानी गर्ने भएको छ। युवराज मोहम्मदको भ्रमणका बेला त्यसबारे विभिन्न सहमतिहरू भएका छन्। पाकिस्तानको वैदेशिक मुद्रासञ्चय घट्दै गएको छ। अहिले उसको राज्यकोषमा कुल आठ अर्ब डलर विदेशी मुद्रा मात्र सञ्चित छ । अन्तर्राष्ट्रिय मुद्राकोषबाट कडा शर्तहरू मानेर सम्भवतस् लिनुपर्ने विशेष सहयोगको रकम घटाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मित्रराष्ट्रहरूसँग सहायता खोजिरहेका छन्। सन् १९८० को दशकको उत्तरार्धयता पाकिस्तानले आफ्नो अर्थतन्त्रको उद्धार गर्न सहयोग खोजेको यो १३ औँ पटक हो। साउदी अरबले यसअघि छ अर्ब डलर ऋण दिइसकेको थियो। पाकिस्तानले साउदी युवराजसँग साउदी अरबका कारागारमा रहेका आफ्ना नागरिकहरूलाई मुक्त गरिदिन अनुरोध गर्‍यो। दुई देशबीच रहेको सम्बन्ध सुदृढ बनाउन साउदी अरबले दुई हजार एक सय सात पाकिस्तानी बन्दीलाई छोडिने जनाएको छ। उनीहरूमध्ये अधिकांश कानुनी सहायता कम पाएका वा पाउँदै नपाएका आप्रवासी कामदार हुन्। मध्यपूर्वमा ठूलो सङ्ख्यामा पाकिस्तानीहरू काम गर्छन्। उनीहरूले कमाएर पठाएको पैसाले पाकिस्तानी अर्थतन्त्रलाई ठूलो राहत दिने गरेको छ। इस्लामाबादले युवराज मोहम्मद बिन सलमानलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान अर्डर अफ पाकिस्तानबाट विभूषित गर्ने घोषणा गरेको छ। गत अक्टोबर महिनामा पत्रकार जमाल खशोग्जीको टर्कीस्थित दूतावासमा हत्या भएपछि युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय छवि बिग्रिएको थियो। अहिले उनी त्यो सुधार्ने प्रयासमा छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy