कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?
फाल्गुन ८ गते, २०७५ बुधवार 20th February, 2019 Wed१५:१५:२० मा प्रकाशित
भारत । कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई पारमाणु-शक्तिसम्पन्न देशबीच अतिसम्वेदनशील सीमारेखा पनि छ।
गतसाता भारत प्रशासित कश्मीरमा कम्तीमा ४६ सुरक्षाकर्मीको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भयो। भारतीय सुरक्षा बलमाथि भएको यो एउटा ठूलो रक्तपातपूर्ण आक्रमण थियो।
पछि भएका भिडन्तमा सुरक्षाकर्मी, सन्दिग्ध लडाकु र गैरसैनिकको पनि मृत्यु भयो। यी घटनाहरूले त्यस क्षेत्रलाई पुनस् अस्थिर पार्न सक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
सन् २०१८ मा मात्रै त्यहाँ सर्वसाधारण, सुरक्षाबल र लडाकुसमेत पाँच सयभन्दा बढी मानिसको ज्यान गएको थियो। भारत र पाकिस्तान स्वतन्त्र भएयता कश्मीर दुवै देशका लागि कलहको बीउ बनेको छ।
त्यो क्षेत्र भारत र पाकिस्तान प्रशासित कश्मीरको रूपमा बाँडिएको छ। चीनको नियन्त्रणमा पनि केही भाग छ। गत साता भएको आक्रमणमा भारतीय अर्धसैनिक बलका सुरक्षाकर्मीहरूको ज्यान गएपछि खोजतलास गर्ने क्रममा सेना र विद्रोही पक्षबीच भिडन्त भएको छ।
पुलवामामा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। तत्कालका लागि भारत(पाकिस्तान सम्बन्धमा सहज वातावरणको आशा मरेको छ।
पाकिस्तानी भूमिबाट सञ्चालित हुने गरेको भनिएको लडाकु समूह जैश(ए(मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको छ। भारतले भने पाकिस्तान सो घटना संलगन भएको आरोप लगाएको छ।
भारतका विभिन्न सहरमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन् र क्रुद्ध भिडले कश्मीरी विद्यार्थी एवम् व्यापारीहरूलाई निशाना बनाएका विवरणहरू प्रकाशित भएका छन्।
भारत प्रशासित कश्मीरमा सप्ताहन्तमा मोवाइलमा इन्टर्नेट सेवासमेत काटिएको थियो। पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देश बिहीवार पुलवामामा भएको घटनामा संलग्न भएको प्रमाण दिन भारतलाई चुनौती दिएका छन्। वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका छन्।
भारत र पाकिस्तान दुवै परमाणुशक्तिसम्पन्न देश हुन्। त्यसैले गर्दा उनीहरूबीच हुने जुनसुकै द्वन्द्वले पनि नयाँ परिस्थिति सिर्जना गर्नेछ।
दुई देशबीच रहेको विवादको सबैभन्दा बढी मार कश्मीरका बासिन्दाले खेप्नुपरेको छ। कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईवटा युद्ध भइसकेको छ। थुप्रै सशस्त्र अभियान, सेना र सर्वसाधारणलाई लक्षित भएका अनगिन्ती आक्रमण भइसकेका छन्।
फलस्वरूप त्यस क्षेत्रको अर्थतन्त्र उच्च बेरोजगारी र राजनीतिक अस्थिरताको जगमा कमजोर बनेको छ। कश्मीरविज्ञ ब्रिटिश सांसद नजिर अहमदका अनुसार त्यस भेग आतङ्कवादी गतिविधिका लागि उर्वर भूमि बनेको छ।
कश्मीरलाई बेवास्ता गरेर इस्लामिक स्टेट लडाकु र नजिकैको अफगानिस्तानमा रहेका तालिबानलाई नियन्त्रणमा राख्न गाह्रो हुने धारणा अहमद र अन्य विज्ञहरूको छ।
दशकौँको द्वन्द्वको असर कश्मीरको पर्यटनले नकारात्मक रूपमा झेलेको छ । सन् १९४७ मा ब्रिटिश शासनको अन्त्य हुनुअघि नै कश्मीरबारे ठूलो विवाद थियो। जतिखेर उक्त उपमहाद्वीप हिन्दू भारत र मुस्लिम पाकिस्तानको रूपमा विभाजित भएको थियो।
कश्मीरका महाराजा भारत वा पाकिस्तान कतातर्फ जाने भन्ने निर्क्योल गर्न सकेनन्। मताधिकार प्रयोग गरेर टुङ्गो लगाउने विकल्प थिएन। अन्ततः उनले भारत रोजे जसले उक्त भूमिको दाबीमाथि दुई वर्ष लामो युद्ध भयो।
कश्मीर विवाद
युद्धविराम घोषणा हुँदा पाकिस्तानले आफ्नो फौजलाई फिर्ता लैजान मानेन र कश्मीर दुई भागमा विभाजित भयो। भारत र पाकिस्तानबीच त्यस्तो विवाद चलिरहँदा सन् १९५० को दशकमा चीनले बिस्तारै पूर्वी कश्मीरलाई कब्जा गर्यो। त्यस भेगलाई अक्साईचिन चिनिन्छ।
भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो। सन् १९८० र १९९० को दशकको बीचमा भारतीय शासनविरुद्ध रहेको असन्तोषको रूपमा विद्रोह सुरु भयो। मानिसहरूले प्रदर्शन गर्न थाले र पाकिस्तानको सहयोगमा लडाकु समूहहरू जन्मिन थाले।
सन् १९९९ मा भारतले छोटो समय पाकिस्तानद्वारा समर्थित फौजसँग तिक्ततापूर्ण लडाइँ गर्यो। त्यसबेलासम्म भारत र पाकिस्तान दुवैले आफूलाई परमाणुशक्ति भएको घोषणा गरिसकेका थिए।
लडाइँ सुरु भएपछि दशौँ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्।
पुलवामामा सुरक्षा फौजमाथि भएको पछिल्लो आत्मघातीमा ४६ जना सुरक्षाकर्मीको मृत्यु भयो
सन् १९५० को दशकयता संयुक्त राष्ट्रसङ्घले त्यस क्षेत्रका मानिसहरूको विचारलाई सम्मान गर्नेगरी कश्मीरमा जनमत सङ्ग्रह हुनुपर्छ भन्यो।
भारतले सुरुमा त्यस विचारलाई अस्वीकार नगरेको भए पनि पछि उसले त्यो आवश्यक नरहेको बतायो। दिल्लीले भारत प्रशासित जम्मू(कश्मीरमा भएका निर्वाचनमार्फत् नै उनीहरू भारतीय भइसकेको भन्ने गरेको छ।
पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ। उसको भनाइ छ- त्यस भूभागका धेरै मानिसहरू भारतबाट शासित हुन चाहँदैनन्। उनीहरू कि स्वतन्त्र हैसियत वा पाकिस्तानसँग मिसिन चाहन्छन्।
भारत प्रशासित जम्मू- कश्मीर राज्यमा ६० प्रतिशतभन्दा बढी मुस्लिम जनसङ्ख्या छ। यो भारतमा मुस्लिम बाहुल्य भएको एक मात्र राज्य हो। बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: