Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

यस्तो छ राप्रपा र दिपक बोहरा नेतृत्ववीच भएको एकताको सहमति पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहराले नेतृत्व गर्नु भएको राप्रपा (प्रजातान्त्रिक) का वीच आज काठमाण्डौमा एकता भएको छ । विहान दुवै पार्टीको संयुक्त कार्य सम्पादन समितिको बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर भई घोषणासभा गरिएको छ ।

आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गरेका छन् । राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष बोहरा सहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र के.सी., केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तिन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु रहेका छन् ।

आज हस्ताक्षरित एकताको आधारपत्र यसै साथ संलग्न गरिएको छ ।

देशमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सन्दर्भमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक) बीच एकता गर्ने सहमति भएको छ । सहमतिको आधारहरु

१) राप्रपा एकता महाधिबेशनबाट निर्णय भएको नीति, बिधान र नेतृत्व एकताको मुल आधार हुनेछ । २) सम्बद्र्धनवाद राप्रपा को बैचारिक दर्शन हुनेछ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुनेछ । ३) राप्रपाको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिबद्ध रहंदै नेपालको संविधानलाई उपयोग गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने पार्टीको नीति रहने छ । ४) पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने छ । पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाई सुदृढ तुल्याईने छ। यस प्रयोजनको लागि केन्द्रमा पार्टी अध्यक्ष को अध्यक्षतामा ११ सदस्यीय निर्देशन समिति गठन गरिने छ । पार्टीको महत्वपूर्ण नीति र अन्य बिषयहरुमा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ । ५) पार्टी विभाजन हुँदा राप्रपा (प्रजातान्त्रिक) मा रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरु साविक बमोजिमको पदमा कायम रहने छन्। अन्य सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने छ । ६) पार्टी विभाजन हुँदा कायम रहेका जिल्ला अध्यक्ष र पदाधिकारीहरु साविक बमोजिम कायम गरिने छ । विवाद भएको जिल्लामा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ । ७) समान विचारधारा भएका राजनीतिक दलहरुसंगको एकता प्रयासलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending