Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भेनेजुएला सङ्कटः अमेरिकाले भनेझैं के मदुरोको दिनगन्ती सुरू भएको हो ?

राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहन्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको दिनगन्ती सुरु भएको बताएका छन्। सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, \'यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।\' अमेरिका लगायतका देशहरुले पठाएको मानवीय सहायता छिमेकी ब्राजिल र कोलम्बियामा राखिएका छन्। भेनेजुएलाको उत्तरी तटतर्फको समुद्री र हवाई सीमा समेत बन्द छ जसतर्फ रहेको एउटा डच टापु कुरासोमा समेत अमेरिकी राहत थुप्रिएको छ। तर मदुरोले सीमा बन्द गर्दै तिनको प्रवेश अवरुद्ध पारिदिएका छन्। अब के हुन्छ ? सोमवार त्यसको प्रतिक्रिया स्वरूप बोगोटामा हुने एक बैठकमा सहभागी हुन लागेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले केही दरिला कदम र कारवाही चाल्न लागेको ह्वाइटहाउसका एक वरिष्ठ अधिकारीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत सैन्य कारबाहीको सम्भावनालाई अस्वीकार गरेका छैनन्। अमेरिकाले राष्ट्रपति मदुरोविरुद्ध थप प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको सङ्केत गरेको छ। मदुरोले मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुएलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन् । कोलम्बिया र ब्राजिलले समेत मदुरोमाथि सत्ता छाड्न बाध्य पार्नेगरी थप दबावपूर्ण रणनीति लिने बताएका छन्। ‍बैठकमा अमेरिकी उपराष्ट्रपति पेन्स, भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो सहित लिमा समूहका १४ देशका नेताहरू सहभागी हुँदैछन्। सैन्य पक्ष भेनेजुएलाको सेनाको अधिकांश हिस्सा अझै राष्ट्रपति मदुरो समर्थक रहेको बताइन्छ। थोरै सङ्ख्यामा सेनाबाट विद्रोह गर्नेहरु पनि छन्। तिनैमध्येका एकसय भन्दा बढी भागेर अहिले कोलम्बिया पुगेको त्यहाँको अध्यागमनले जनाएको छ। तर मदुरो सरकारले आफ्ना परिवारमाथि निशाना बनाउन सक्छ र देश फर्किए आफूहरुलाई समेत मारिदिन सक्छ भन्ने उनीहरूको चिन्ता छ। उनीहरूमध्ये केहीलाई भेटेकी बिबिसी सम्वाददाताका अनुसार सैन्य नेतृत्व भ्रष्टाचारमा लिप्त छ र तिनकै भरमा मदुरो शक्तिमा रहन लडिरन्छन् भन्ने उनीहरूको बुझाइ छ। तर आफ्नै जनताविरूद्ध हमला गर्नुपर्ने परिस्थिति आउन थालेपछि सेनामा मदुरोका विरोधी बढिरहेको बताइएको छ। सामाजिक सञ्जालमा हालै देखाइएको एउटा भिडिओमा चार सैनिकले अनिश्चितता र अन्यायले हद नाघेको भन्दै मदुरोको साथ छाडेको बताएका थिए। राहत भित्र्याउन खोजिरहेकाहरूलाई रोक्ने विषयमा सीमामा रहेका सैनिकहरूबीच मतभिन्नता देखिएको छ। भागेर कोलम्बिया पुगेका एकजना सैनिकले भने, \'मेरो परिवारको चिन्ता हुँदाहुँदै पनि मैले यतिखेर गर्नसक्ने यो सबैभन्दा उपयुक्त निर्णय थियो।\' भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसंघीय शरणार्थी नियोगले बताएको छ। त्यहाँको महँगी लाखौं गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भइकन पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ। आफ्ना पूर्ववर्ती ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ। तर उनले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्। मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरु छन्। आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशहरु सहित ५० भन्दा बढीले मान्यता दिएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending