Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी भेटियो

धनगढी। कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा यो मापदण्डभन्दा बढी सङ्ख्याका बिरामी फेला परेका छन् । यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजपड्तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन् । नौ लाख एक हजार १७७ जनसङ्ख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसङ्ख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसङ्ख्या रहेको अछाममा २८ जना नयाँ रोगी खोजपड्तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ । आव ०७२÷७३ मा कैलालीमा, आव ०७३÷७४ मा कञ्चनपुर र अछाम जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम कुष्ठरोगी फेला परेपछि यी जिल्लामा रोग निवारण भएको मानिएको थियो । तर आव २०७४/७५ मा भने प्रति १० हजार जनसङ्ख्यामा कैलालीमा एक दशमलब ७८, कञ्चनपुरमा एक दशमलब ४४ र अछाममा एक दशमलब १८, रोगी फेला पर्दा समग्र सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २८ लाख २५ हजार ६७६ को एक दशमलब शून्य पाँच प्रतिशत कुष्ठरोगी भेटिएको तथ्याङ्कमा उल्लेख छ । “खोजपड्ताल गरेपछि मात्र रोगी फेला पर्न थालेका छन्”, स्वास्थ्य सेवा निर्देशनालयका क्षय कुष्ठ सहायक मनोज ओझाले भन्नुभयो, “रोगको लक्षण देखापरेपछि आफैँ उपचारका लागि आउनुपर्नेमा नआउने वा आए पनि निकै ढिलो गरी आउने समस्याले रोग निवारणमा चुनौती बढेको छ ।” विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो । निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको छ । यद्यपि नेपाल कुष्ठरोग निवारण देश घोषणा हुँदै गर्दाको समयमा देशका १२ जिल्लामा यो रोग निवारण भएको अवस्था भने थिएन । चालू वर्षमा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सबै १३ स्थानीय तह र कञ्चनपुर चार तथा अछामका चार स्थानीय तहमा रोगको खोजपड्ताल अभियान सञ्चालन गर्न लागिएको छ । यसबाहेक विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने योजना पनि रहेको क्षय कुष्ठ सहायक ओझाले बताए । यो रोगको नियमितरुपमा उपचार गराएमा निको हुन्छ । तर उपचार नगरी लुकाएमा मानिस अपाङ्गता हुने गर्दछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy