Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

कार्यसम्पादनमा कृषि मन्त्रालय अब्बल

सुर्खेत। कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् । अन्य मन्त्रालयले आवश्यक कानूनी संरचनासमेत खडा गर्न नसकिरहेका बेला कृषि तथा सहकारीले यस अवधिमा कानूनी र भौतिक आधार निर्माण गरिसकेको छ । प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विमला केसीले कृषि, पशु र सहकारी क्षेत्रको विकासका लागि विभिन्न नीतिनियम निर्माण गरेको जानकारी दिए । उनका अनुसार मन्त्रालयले हालसम्म कृषि कार्यक्रम कार्यान्वयनका लागि १७ कार्यविधि, पशुपक्षीतर्फ चार कार्यविधि, सहकारी, भूमि तथा गरीबी निवारणतर्फ दुई विधेयक, दुई कार्यविधि र एक सुझाव समिति गठन आदेश तयार गरिएको छ । “पहिलो वर्ष आवश्यक कानून निर्माणमै बित्यो, अब काम अगाडि बढ्छ”, उनले भने, “बजेट खर्च गर्न आवश्यक संरचना तयार पारिसकेका छौँ, सर्वसाधारणले प्रदेश सरकारबाट प्रत्यक्ष लाभ पाउने अवस्था बल्ल आउँदैछ ।” मन्त्री केसीले चालू आवमा मन्त्रालयलाई विनियोजित कूल बजेटमध्ये ५७ प्रतिशत खर्च हुने दाबी गरे । हाल अधिकांश योजना÷कार्यक्रम सम्झौताकै चरणमा छन् । जिल्ला तहमा स्थापना भएका कार्यालयमा मन्त्रालयले आवश्यक बजेटको अख्तियारी प्रदान गरिसकेको छ । मन्त्रालयले प्रदेशका १० वटै जिल्लामा कृषि ज्ञान केन्द्र, पशु तथा भूमि व्यवस्थापनसम्बन्धी कार्यालय स्थापना गरेको छ । त्यस्तै गाउँपालिका र नगरपालिकामा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेलो किसान–सरकार हटलाइन मन्त्रालयले किसानका गुनासो तथा सुझाव लिन शुरु गरेको छ । किसानका समस्या समाधानमा मन्त्रालयले आवश्यक पहल गर्नुका साथै आवश्यक सुझाव लिन मन्त्रालयले हटलाइन सेवा शुरु गरेको हो । किसानले १६६०८३५२०१२ नं डायल गरेर मन्त्रालयसमक्ष आफ्नो गुनासो तथा समस्या राख्दै आएका छन् । मन्त्रालयका सचिव शिवनारायण चौधरीले किसानका समस्या समाधानका लागि विज्ञ, सचिव र आवश्यक परे मन्त्रीले नै जवाफ दिने गरेको बताए । गुनासो सुन्न र विज्ञसँग किसानलाई जोड्न हप्ताको छ दिनकै तालीका बनाइएको छ । आइतबार बालीविज्ञानविज्ञ, सोमबार पशुविज्ञ, मङ्गलबार माटोविज्ञ, बुधबार मलविज्ञसँग सिधै किसानले कुरा गर्नेछन् । यस्तै शुक्रबार किसानसँग मन्त्रीले कुरा गर्ने गर्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending