इन्डोनेशियाको एउटा अवैध सुनखानीमा केही दिनअघि गएको पहिरोमा पुरिएका दर्जनौँ कामदारहरूको खोजी भइराखेको छ।
सो खानी सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा छ। मङ्गलवार गएको पहिरोमा पुरिएका व्यक्तिहरू जीवित छन् कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन्।
अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
सुनखानी भिरालो ठाउँमा छ। त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन।
उद्धारकर्मीहरूले केवल हात, बेल्चा र डोरी प्रयोग गरेर जीवित कामदारहरूलाई खानीबाट बाहिर निकाल्नुपरेको छ। उनीहरूलाई कामचलाउ स्ट्रेचरमा राखेर उद्धार गरिएको छ।
कसरी गयो पहिरो ?
एक अधिकारीका अनुसार सो खानीमा केही चर्किएको देखिएको थियो। मङ्लवार त्यो भत्कियो र पहिरो गयो। घटना हुँदा सो सुनखानीमा दर्जनौँ मानिसहरू काम गरिराखेका थिए। तर उनीहरूको सङ्ख्या स्पष्ट छैन।
अधिकारीहरूका अनुसार खानीको दलिन थेग्न राखिएका निदालहरू माटो र सुन निकाल्न जडित माइनिङ श्याफ्टहरू हल्लिएपछि भत्किए। त्यसपछि पहिरो गयो।
जमिनमुनि कति जना फसेका छन् त्यो भन्न गाह्रो भएको एक अधिकारी बताउँछन्
बोलाङ मोङ्गोन्डोका प्रमुख यास्ति सोइप्रेड्जो भन्छन्, ूहामीलाई त्यहाँ धेरै मानिसहरू छन् भन्ने लाग्छ। किनभने यो अवैध खानी हो र हामी सङ्ख्या अनुमान गर्न सक्दैनौँ।ू
ूउद्धार गरिएका व्यक्तिका भनाइ हेर्दा सङ्ख्यामा एकरूपता छैन। केही खानीमा सय जनाभन्दा बढी थिए भन्छन्, केहीले झन्डै ८० जना थिए भनेका छन्। ठिक सङ्ख्या कति हो भन्ने हामीलाई अझै थाहा छैन।ू
इन्डोनेशियामा सानो मात्रामा सुन उत्खनन गर्न प्रतिबन्ध छ। तर गाम्रीण क्षेत्रमा त्यो व्यापक रूपमा गरिन्छ।
नियमनको अभाव र अस्थायी खानीहरूको निर्माण कमजोर हुने हुँदा बारम्बार दुर्घटनाहरू भइरहन्छन्।
रोजगारीको अवसर नपाएकाले मानिसहरू बाध्य भएर अवैध उत्खननमा लागेको अभियानकर्ताहरू बताउँछन्। बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: