काठमाडौँ । सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन् ।
उनीहरुले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए ।
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी ललितपुरकी देवीमायाँ खड्काले अहिलेसम्म आएका मन्त्रीहरुमध्ये केही गर्नुपर्छ, नयाँ काम देखाउनुपर्छ भन्ने व्यक्तिले छाडेर गएको भन्दै दुःख प्रकट गरे ।
आँखामा टिलपिल आँशु बगाउँदै खड्काले स्मरण गरिन् “देशलाई समृद्ध पार्नुपर्छ भनेर लाग्ने उनले विमानस्थलको मुहार फेरेर हेर्न लायक बनाएका छन्, विज्ञापन हटाएर एकीकृत गरे, धेरै परिवर्तनका शुरुआत गर्नुभएको थियो, सबै अधुरै रहयो ।”
उनले थपे, “दिवङ्गत भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया पनि केही गरौँ भन्ने भावनाको थिए ।”
काठमाडौँका नवराज पोखरेलले मन्त्री अधिकारी केही गर्छु भन्ने भावना बोकेको युवा नेताको रुपमा सम्झँदै भने, “उनले नै यातायातमा विद्यार्थी छुटको कार्यक्रमलाई अगुवाइ गरेका थिए ।”
सानैदेखि राजनीतिक गतिविधिमा चासो राख्ने मन्त्री अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहन्थे । मन्त्री अधिकारीको योगदानको स्मरण गर्नुहुँदै शुभेच्छुक लक्ष्मी खड्काले युवा वर्गलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिनुभयो ।
पेशागत महासङ्घ नेपालका सभामुख किशोरकुमार नेपालीले पर्यटन क्षेत्रमा कसैले गर्न नसकेको काम मन्त्री अधिकारीले गरेको स्मरण गर्दै विकासवादी नेता हुनुहुन्थ्यो भने । नेपालीले समृद्ध नेपाल कसरी बन्न सक्छ भन्ने चिन्तामा डुब्ने मन्त्रीले नेपालका ठूला विमानस्थल निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित मन्त्री अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित थिए । उनले सार्वजनिक लेखा समितिलगायत विभिन्न उपसमितिमा रहेर विकृतिविरुद्धको नेतृत्व गरेका थिए । उनले संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए ।
पाल्पाका हीरा नेपाल मन्त्री अधिकारीले विद्यार्थी राजनीति गर्दा आफूले शिक्षकको राजनीति गरेको सम्झँदै भने, “मेरो ३० वर्षे पुरानो चिनजान थियो, देशले एउटा भरोसा लाग्दो व्यक्ति गुमाउनु प¥यो ।” उनले विकासवादी नेताको रुपमा अधिकारीलाई चिनेको उल्लेख गरे ।
संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गरेका उनी विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति बने । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिने अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहँदै आएका थिए।
श्रद्धाञ्जलिका लागि टुँडिखेल पुगेका जगन्नाथ खतिवडाले विविध क्षेत्रमा योगदान दिएका राष्ट्रको विकासका सम्वाहक गुमाएको स्मरण गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: