अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन्।
भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।
दश दिनअघि उनी सीमापार जम्मा भइरहेका मानवीय सहायता भित्र्याउन भन्दै देशबाट निस्केका थिए र कोलम्बियामा आयोजित क्षेत्रिय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सामेल भए।
राजधानी कराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरू पुगेका थिए।
कराकासका सडकमा हजारौं उत्साही समर्थकहरूले उनको नाम र ुहो हामी सक्छौुं भन्दै नाराबाजी गरेका थिए।
उक्त विशाल र्यालीलाई सम्बोधन गर्दै ग्वाइदोले भने, \'उनीहरुले हामीलाई तर्साएका थिए, अब धम्कीबाट भेनेजुएलाका जनता तर्सन र मदुरोको आदेश पालना गर्न समेत छाडिसकेका छन्।\'
कराकासमा रहेका बिबिसी सम्वाददाताका अनुसार मानिसहरूलाई ग्वाइदो देश फर्किनुले भन्दा पनि उनी फर्किएको शैलीले सबैभन्दा बढि प्रभावित पारेको देखिन्छ।
उनी मध्यरातमा कुनै कमजोर सीमाबाट लुसुक्क देश छिरेनन् बरु सिधै देशको प्रमुख विमानस्थलको अध्यागमनमार्फत् भित्रिए।
ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।
ग्वाइदोमाथि राष्ट्रघाती अभियानको नेतृत्व गरेकोजस्ता अभियोगको सामना गर्नुपर्ने हुनसक्छ।
देशबाहिर रहँदा ग्वाइदोले सामाजिक सञ्जालहरुमार्फत् आफ्ना समर्थकहरूलाई प्रदर्शनका लागि आह्वान गरेका थिए।
आउँदो शनिवार देशब्यापी प्रदर्शनका लागि आह्वान गर्दै ुस्वतन्त्रता नपाउँदा सम्मको एकदिन पनि आराम नगर्नेु बताएका छन्।
के हो भेनेजुएला सङ्कट ?
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले बताएको छ।
त्यहाँको महँगी लाखौँ गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भईकन पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
तर मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्। मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।
आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित ५० भन्दा बढीले मान्यता दिएका छन्। बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: