Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अमेरिकाद्वारा इयूलाई महत्वपूर्ण सहयात्री बनाउने लक्ष्य पुनः हाँसिल

बेल्जियम। संयुक्त राज्य अमेरिकाले आफ्नो यूरोपेली संघ (इयू) नियोगसँगको सहयात्रामा केही समय प्राविधिक समस्या देखिएको तर यसलाई पूर्ववत अवस्थामा ल्याइसकिएको वासिङ्टनले सोमबार बताएको छ ।

अमेरिकाले इयूलाई आफ्नो महत्वपूर्ण सहयात्री भन्दै व्यापार विवादका कारण बीचमा केही समय असमझदारीजस्तो देखिएपनि यसलाई सम्बोधन गरिसकिएको वासिङ्टनको भनाई रहेको छ । अमेरिकी विदेश विगागले इयू नियोगसँगको कूटनीतिक अवस्थालाई सदस्य राष्ट्रबाट अन्तर्राष्ट्रिय संगठनका रूपमा हेर्ने सन् २०१८ को निर्णयले उत्तर एटलान्टिक सन्धि संगठन (नेट) का सहयात्रीबीचको सम्बन्धमा खटपटको अवस्था देखिएको थियो ।

“संयुक्त राज्य अमेरिकाको विदेश विभागले पुनः इयूको वासिङ्टनका लागि हुने प्रतिनिधित्वलाई दुईपक्षीय नियोग ‘डिप्लोमेटिक कप्र्स अर्डर अफ प्रिसिडेन्स’ समानरूपमा मान्यता दिने निर्णयले सम्बन्ध थप सुमधुर बनेको छ,” इयूका लागि अमेरिकी राजदूत गोर्डन सोनल्याण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“यूरोपेली संघ विशिष्ट महत्वको संगठन हो र विश्वव्यापी सुरक्षा र सम्वृद्धिको बाटोमा इयू अमेरिकाका लागि महत्वपूर्ण साझेदार राष्ट्र हो ।” “यूरोपको सुरक्षा र सफलताले अमेरिकालाई विशिष्टरूपमा जोड्ने र यो तहको सम्बन्ध र सहकार्य सबै क्षेत्रका लागि उचित मानिएको छ । ”
इयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीका प्रवक्ता माजा कोसिजान्सिकले घोषणाको स्वागत गर्नुभएको छ ।

“हामी यसकारण खुशी बनेका छौँ कि अमेरिकाले प्रचलित अभ्यासलाई पूर्वस्थितिमा लाने निर्णय लिएको छ, जसबाट दुवैको सम्बन्ध थप बलियो बन्नेछ ।” अमेरिकाले गत बर्ष इयूलाई हेर्ने निर्णयमा परिवर्तन गरेपछि जनवरीमा इयूले यसबारे अमेरिकी अभिकारीसँग कुरा गर्ने बताएका जर्मनीको अन्तर्राष्ट्रिय प्रशारक दोयची वेलेले सार्वजनिक गरेको थियो ।

उक्त सञ्चारमाध्यमले जनाएअनुसार गत डिसेम्बरमा अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुशको अन्त्येष्टिमा अमेरिकाका लागि इयूका राजदूतले निमन्त्रण ग्रहण नगरेपछि उक्त मुद्दाले स्थान पाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै यूरोपसँग एक समय अति नै सुमधुर रहेको सम्बन्धमा समस्या देखिएको थियो । वासिङ्टनले यूरोप तथा अन्य साझेदार राष्ट्रबाट अमेरिका भित्रिने स्टिल र आल्युमिनियममा कर वृद्धि गरेपछि सम्बन्ध थप बिग्रिएको थियो ।

गत डिसेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्समा गरेको इयू र अमेरिकाबीचको नीतिबारेको सम्बोधनमा बेलायतको इयूबाट बहिर्गमनका लागि हुने मतदानले कूटनीतिक तहमा राखिने चासोलाई नागरिकसम्म पु¥याउन हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जाएको बताएका थिए। एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending