काठमाडौँ । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प्रालिका सञ्चालक नीरज पन्तले बताए।
विगतमा उडान भए पनि रोकिँदै आएको यहाँ नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै डिसेम्बर अन्तिम सातादेखि नियमित उडान शुरु भएको उनले भने । अहिले एक हप्तासम्मका लागि ‘बुक’ हुने गरेको उनको जिकिर छ । साहसिक खेल (प्याराग्लाइडिङ) का पारखी उपत्यकावासीलाई यसको मजा लिन अब पोखरा धाइरहनु पर्दैन । हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकै साथ हेर्न पाउँदा खुशी अनुभूति भएको पहिलो पटक प्याराग्लाइडिङको मजा लिनुभएका काठमाडौँ असनका सुनिल श्रेष्ठले बताए । गुगलबाट खोज्दा गोदावरीमा प्याराग्लाइडिङ हुन्छ भन्ने थाहा पाएर आएको उनको भनाइ थियो ।
“पहिले कौतुहल थियो, उड्ने बेलामा डर फिलिङस भो, उडेपछि मजा”, श्रेष्ठले भन्नुभयो । पत्नी प्रीति राजभण्डारी सँगै जानु भए पनि उहाँ एक्लै उड्नुभयो । डेढ दशकअघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यसले सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ ।
यहाँ प्याराग्लाइडिङ सञ्चालन गर्न रु तीन करोड लगानी लागेको सञ्चालक पन्तले बताए। यहाँ जनवरीदेखि अहिलेसम्म ३०० उडान भइसकेको छ । आज मात्रै तीन उडान भएको छ । एउटा उडान उडेकै ठाउँमा अवतरण भएको थियो भने दुई उडान तल रचनटारमा अवतरण भएको थियो ।
सन् २००७ मा राजनीतिकर्मी केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थाप्नुभएको थियो । सन् २०११ देखि १४ सम्म सञ्चालनमा आए पनि भूकम्पपछि उडान हुन नसकेकाले यहाँ नयाँ व्यवस्थापनमा पुनः सञ्चालन गरिएको हो । कोरियाली च्याङजिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नले यसमा लगानी गरेका छन् । पाइलट विजय चौलागाईंले चापाखर्कको छुट्टै विशेषता रहेको उल्लेख गर्नुभयो । यहाँको उडान क्षमता दिनमा २५ छ । छ ग्लाइडरले सेवा दिन्छ । शनिबारका पाँच उडानका लागि बुक भएको काठमाडौँ प्याराग्लाइडिङ प्रालिले जनाएको छ ।
समुद्र सतहबाट दुई हजार १०० मिटरमाथि गोदावरीको चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर रोकिन्छ । पोखरामा एक हजार ६०० उचाइबाट मात्रै उडान हुने गर्छ । गोदावरीबाट झण्डै पाँच किमी जङ्गलको कच्ची बाटो उकालो लागेपछि चापाखर्क पुगिन्छ । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको वेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिने वा कहिले नहुन पनि सक्ने अर्का पाइलट बबी राउतले बताए ।
काठमाडौँ आउने–जाने यातायात र फोटो भिडियोसहित रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी छ हजार ५०० मा उडान भइरहेको छ । यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यका, स्वच्छ हावापानी, रोमाञ्चक दृश्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सक्नु हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: