Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

प्रतिजैविक औषधिको व्यवस्थापनका लागि जनचेतना आवश्यक

काठमाडौँ । वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।

‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उनीहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरिरहेको सो कार्ययोजनामाथि वन तथा वातावरण मन्त्रालयको वातावरण विभागसँगको अन्तक्र्रिया कार्यक्रममा उपमहानिर्देशक सफला श्रेष्ठले प्रतिजैविक औषधिको व्यवस्थापनको विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्न सुझाव दिए ।

उनले आमसञ्चार माध्यममार्फत आम जनतालाई पनि यसबारेमा जनचेतना जगाई वातावरणीय प्रदूषण नियन्त्रणका लागि प्रभावकारी अनुगमन संयन्त्रसमेत गठन हुनुपर्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले प्रतिजैविक औषधिको व्यवस्थापन नहुँदा वातावरण क्षेत्रमा पर्ने असर नियन्त्रणका लागि मापदण्ड निर्धारण गर्न आवश्यक रहेकोमा जोड दिए।

कार्ययोजनाले जनचेतना र ज्ञान अभिवृद्धि, अनुसन्धान र सरसफाइ सङ्क्रमण रोकथाम, औषधिको समुचित प्रयोग एवं प्रतिजैविक प्रतिरोध समस्या निराकरणका लागि दिगो लगानीको उद्देश्य राखेको डब्लुएचओका राष्ट्रिय परामर्शदाता कृष्णमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका इञ्जिनीयर तुलसीनारायण महर्जन, काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि श्रेष्ठ, मन्त्रालयको वातावरण विभागका शङ्करप्रसाद पौडेल, हेल्थ केयर फाउण्डेसन नेपालका महेश नकर्मीलगायतले प्रतिजैविक औषधिको समुचित प्रयोग र उचित व्यवस्थापनले वातावरण क्षेत्रमा हुने प्रदूषण नियन्त्रण गर्न सकिनेमा जोड दिएका छन्।

प्रतिजैविक औषधि आवश्यक मात्राभन्दा बढी वा कम सेवन गरेमा, पशुपक्षीमा वृद्धिवद्र्धकका रुपमा जथाभावी प्रयोग गरेमा प्रतिजैविक प्रतिरोध हुनसक्छ । यसको समाधानका लागि चिकित्सकको सल्लाहअनुसार मात्र प्रतिजैविक औषधिको प्रयोग गर्ने, सामान्य रुघाखोकीजस्ता रोगमा प्रतिजैविक औषधिको प्रयोग नगर्ने, निर्धारित मात्रामा प्रतिजैविक औषधि सेवन गर्नुपर्छ । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending