नेदरल्यान्ड्स। नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ ।
टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए ।
प्रहरीले टर्की मुलका ३७ वर्षीय गोकमिन टानिसलाई व्यापक खोजतलास पछि पक्राउ गरेको हो । प्रहरीले शंकास्पद टानिसको फोटो सार्वजनिक गरी पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।
हातहतियारले सुुसज्जित प्रहरीले फरार रहेका टानिसलाई एउटा घरमाबाट पक्राउ गर्नुअघि उट्रेख्ट शहरका मस्जिद र विद्यालयहरु बन्द गरिएका थिए । उट्रेख्ट नेदरल्यान्ड्सको चौथो ठूलो शहर हो ।
नेदरल्यान्ड्सका अधिकारीहरुले आक्रमणको वास्तविक कारण बारे अनुसन्धान गरिरहेको बताएका छन् । प्रधानमन्त्री मार्क रुटले पारिवारिक विवाद समेत अरु कारणबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
नगरका प्रमुख जाँ भान जानेनले यो घटना “उट्रेख्टका लागि कालो दिन” का रुपमा रहेको बताउँदै घटनाको प्रारम्भिक अनुसन्धानले आक्रमणकारीले आतङ्कवादी कार्य गरेको देखिएको जानकारी दिए ।
उट्रेख्टको २४ ओक्टोबरप्लाइन नजिक रोकिराखेको ट्राममा एकाएक गोली चलेको आवाज आएको थियो । मानिसहरु ट्रामबाट भागदौड गरेसँगै तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । आक्रमणकारीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए ।
उट्रेख्ट आक्रमणसँगै विमानस्थल र अरु सरकारी कार्यालयहरुमा उच्च सतर्कता अपनाइएको छ । न्यूजील्यान्डको मस्जिदमा भएको भिषण आक्रमणमा ५० जनाको मृत्यु भएको केही दिनभित्रै उट्रेख्टमा गोली चलेको हो । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: