रोल्पा। रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।
आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पु¥याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरु हातको सङ्केतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् ।
जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरु । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरुका कैयौँ रात कठ्याङ्ग्रिएर बितेका छन् । जन्मेदेखि अहिलेसम्म उनीहरुको खुट्टाले जुत्ताचप्पल देख्न पाएको छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।
पहिले बुबाआमाले गाउँमा कटुवालेको काम गर्थे । एक ठाउँको समाचार अर्को ठाउँमा पु¥याउने, गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेवापत खलोको रूपमा अन्न दिने चलन थियो । खलो सङ्कलनबाट जीविका चलाएका उनका बुबाआमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए ।
अहिले उनीहरुसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ । “नापी गर्दा उनीहरुको हकभोगको जग्गासमेत नापी नक्सा नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको छ”, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष खिमबहादुर घर्तीले भने । बुबाको पालामा अब्बल जग्गाका धनी उनीहरु बुबाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मुवालका कारण सुकुम्वासीजस्तै बनेका छन्, वडाध्यक्ष घर्तीले भने ।
दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भिमलबाट दाम्लो र डोरी बुन्ने गर्छन् । दाम्लो र डोरी बुनेवापत दिने दुई/चार माना अन्न र सय÷पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार । वृद्धावस्थाले आँखा कमजोर हुँदै जाँदा डोरी र दाम्लो बनाउनसमेत धौधौ हुने गरेको छ । उनीहरु कहिलेकाही गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक÷दुइ सय पनि साँझबिहान जोहो गर्ने आधार बनेको छ ।
वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक रु एक हजार र भाइ प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको वडाध्यक्ष घर्तीले बताए । उनीहरुका आफन्त भाइ नाता पर्ने हर्कमान विक र काका नाता पर्ने गनबहादुर विकले भत्ता बुझिदिने गरेको वडाध्यक्ष घर्तीले बताए । बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन, वडाध्यक्ष घर्तीले भने।
पोषणको अभावमा परिवारका सबै सदस्यमा त्यस्तो समस्या आएको हुनसक्ने स्थानीय कुलबहादुर डाँगीले बताए । सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ यस्तो अवस्थामा दैनिकी चलाउँदै आउने परिवारको सङ्ख्या रोल्पामा धेरै हुनसक्छ डाँगीले भने । उनीहरुलाई स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गर्नुपर्ने डाँगीको सुझाव छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: