Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

स्थानीय तहमा अझै पुगेनन् बैंक

डोटी । गठन भएको डेढ वर्ष बितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि सरकारी बैंक पुग्नसकेका छैनन् ।

जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आर्दश, केआईसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुनसकेका छैनन् । बोगटान फुड्सिल र शिखर नगरपालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि सम्पूर्ण आर्थिक कारोबार जिल्लाबाट नै हुन थालेपछि स्थानीयवासीलाई झन समस्या हुन थालेको छ ।

स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडिकेदार स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए । उनले भने, ुगाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ ।ु राज्यको पुनःसंरचनापश्चात् सरकारलेमुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीय तहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरू गराउन निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरू नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन् । यहाँका ग्रामीण क्षेत्रमा स्थापना भएका निजी क्षेत्रका बैंकले गाउँमा सुरक्षाको कारणले आर्थिक कारोवार गर्न नसकिएको बताउँदै आएका छन् ।

गाउँमा आर्थिक कारोबार गर्न पूर्णतय सुरक्षा व्यवस्था नभएसम्म आर्थिक कारोबार जिल्लाबाट नै गरिने उनीहरूको भनाइ छ । स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल–५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

उनले भने, ुबैंक नहुँदा कर्मचारीलाई तलब खुवाउनदेखि सामान्य राजश्व बुझाउन समेत घण्टौं टाढा जानु परेको छ, कहिले होला हाम्रो समस्या समाधान ।ु यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोबार नहुने भएपछि स्थानीयवासी अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह–५ का स्थानीयवासी चेतराज भट्टले बताए ।

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने योजना भए पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ । जोरायलमा कृषि विकास बैंक स्थापना भए पनि उक्त बैंकले हाल सम्म पनि आर्थिक तथा ऋण कारोवार नगर्दा स्थानीयवासीलाई सास्ती हुन थालेको जोरायल–२ का स्थानीयवासी भरत कुँवरले बताए । उनले भने, ुजनतालाई सेवा दिने उद्देश्यले खुलेका बैंकले पनि सेवा सुचारु गरेका छैनन् ।ु

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending