Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गरेको हो । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गरेका छन् ।

अस्पतालको नाममा रहने शववाहनले आजदेखि सेवा शुरु गर्नेछ । सङ्घले रु १० लाख १२ हजार ४०० मा खरीद गरेको शववाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ । सङ्घका अध्यक्ष सापकोटाका अनुसार जिल्लामा रहेका दुई शववाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला सङ्घले शववाहन प्रदान गरेको बताए ।

टाटा सुमो मोडलको सो शववाहन खरीदका लागि सरकारले भन्सार छुटको व्यवस्था मिलाएको थियो । एम्बुलेन्सको रूपमा ल्याइएको सो गाडीलाई यहाँ ल्याएर मर्मतसम्भार गरी शववाहनको रूपमा परिणत गरिएको हो । कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य घनश्याम दाहाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, क्यान्सर सेवा समाजका अध्यक्ष मास्केलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी रहेका थिए । जिल्लामा हाल शववाहनको पर्याप्तता नहुँदा शव एम्बुलेन्स र निजी सवारीमा बोक्नुपर्ने बाध्यता रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy