Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

दुई रोपनी जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन

साँखु। शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ ।

अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन् । नगरपालिकाको वडा नं ७, ८ र ९ मा स्थापना भएको वासिङ उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गर्दा समेत नगरपालिकाले चासो नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

वडा नं ७, ८ र ९ मा गरी १२ भन्दा बढी वासिङ स्थापना भएका छन् । वासिङले खानेपानीको मूल बिगार्नेदेखि स्थानीयवासीलाई समेत बाधा पुग्ने गरी अनधिकृत उत्खनन गर्ने गरेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने घुमारीचोकका उदय थिङको माग छ । थोरै जग्गा भाडामा लिएर व्यापक सार्वजनिक जग्गा अतिक्रमण गर्दै उद्योग सञ्चालन गर्दा समेत नगरपालिका र वडा कार्यालयले कुनै छानबिन तथा अतिक्रमण रोक्न पहल नगर्नुले उनीहरुकै मिलेमतो रहेको प्रष्ट हुने स्थानीय समाजसेवी जयराम पुडासैनीले बताए ।

यसै विषयमा वडा तथा नगरपालिकाको कार्यालयलाई पटक–पटक जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको पुडासैनीको भनाइ छ । “नगरपालिकाभित्र सञ्चालन भएका वासिङमध्ये दुईले मात्र खानी विभागबाट स्वीकृति लिएको हामीले बुझेका छौँ”, पुडासैनीले भने, “बाँकी अवैधानिकरूपमा सञ्चालन भइरहेका छन् ।”

वडा नं ९ मा पर्ने इन्द्रायणी तथा वडा नं ८ को घुमारीचोकलागयतका क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेको अवैधानिक उद्योगले ठूलो क्षति पुग्ने देखिन्छ । नेपाली काङ्ग्रेसबाट स्थानीय चुनावमा मेयरका प्रत्यासी बनेका शङ्खरापुरका शङ्कर तिवारी भन्छन्, “मापदण्ड र वैधानिकरूपमा चलेका वासिङलाई नियन्त्रण गर्नुपर्छ भन्न खोजेको होइन, सार्वजनिक जग्गा अतिक्रमण गरेर उत्खनन गरिरहेका अवैधानिक उद्योग तत्काल बन्द गर्नुपर्छ भन्ने हाम्रो माग हो ।”

सडकको नाममा बस्ती नभएको ठाउँमा बाटो लैजाने भन्दै पहाड फुटाएर बालुवा उत्खनन गर्ने क्रम तीव्र छ । यसका लागि नगरपालिका र सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । नगरपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण निकै मौलाउँदोरूपमा देखिन्छ । यसलाई समयमै ध्यान नदिने हो भने पछि यसले विकराल रुप लिनसक्ने तिवारीले बताए ।

बाडोलचौरबाट वासिङ व्यवसायीले ठूलाठूला खाल्डा बनाएर बालुवा र माटो झिक्ने गरेका छन् । चौरको अवस्था कुरुप बनेको छ । बस्ती जोखिममा परेको छ, तर जनप्रतिनिधि नियन्त्रण र अवैधानिक कार्य रोक्नतर्फ लागिपरेको देखिँदैन ।

स्काभेटरले उत्खनन गर्दा बाडोलचौर नजिकै रहेको भद्रकालीको मन्दिर जोखिममा परेको छ । सार्वजनिक क्षेत्रबाट अवैध उत्खननले मन्दिर कतिबेला ढल्छ, ठेगान छैन । त्यस्तै वडा नं ८ मा पनि सार्वजनिक जग्गाको उत्खननले शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्लो डाँडा उजाडिएको छ । सांस्कृतिक सम्पदाको जर्गेनाभन्दा पनि विनास गर्ने कार्य बढिरहेकाले यस्ता कार्य बन्द गराउनुपर्ने स्थानीयवासी बताउँछन् ।

सोही क्षेत्रमा एक हजारभन्दा बढी घरधुरी भएको तामाङ बस्ती नै जोखिममा परेको छ । भूकम्पका कारण क्षति पुगेका खुलालटारमा रहेकोे मनमोहन प्रतिष्ठानको चौरमा समेत व्यवसायीले स्काभेटरको प्रयोग गरी उत्खनन गरिरहेका छन् । वासिङ उद्योगमा जनप्रतिनिधिकै लगानी रहेकाले नयाँ सडक खन्ने भन्दै बजेट छुट्याउँदै बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा बालुवा उत्खनन भइरहेको स्थानीयवासीको आरोप छ ।

स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन्, “सार्वजनिक सम्पत्तिको दोहन हुँदा पनि मौन बस्ने जनप्रतिनिधि सार्वजनिक जग्गाको संरक्षणमा नलागेको प्रष्ट देखिन्छ । ध्यानाकर्षण गराउँदासमेत चासो नदेखाउँदा उद्योगमा उनीहरुकै संलग्नता रहेको आशङ्का बढेको छ ।” साँखुको बज्रयोगिनी मन्दिर नै जोखिममा पारेर बालुवा उत्खनन भइरहेको छ । नगरपालिकाले इतिहास बोकेको यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगर्ने तथा सार्वजनिक जग्गाको अतिक्रमण नरोक्ने हो भने आन्दोलनसहित सर्वत्र बन्द गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । व्यवसायीले उत्खननका लागि खानी विभाग र स्थानीय निकायबाट स्वीकृति लिने गरेका छन् ।

उत्खनन मापदण्डविपरीत छ÷छैन भन्दै अनुगमन गर्ने निकाय स्थानीय तह र जिल्ला समन्वय समितिले अनुगमन नै गरेको पाइँदैन । मुख्य जिम्मेवार रहेका स्थानीय तह र जिल्ला समन्वय समितिबाट अनुगमन नै नहुनाले पनि अवैध उत्खनन बढेको देखिन्छ । सोही विषयमा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले वासिङलगायतका व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजे पनि नगरपालिकाले रोक्ने गरेको बताए । प्रमुखले रोक्ने गरेको बताए पनि स्थलगत अवलोकनबाट सार्वजनिक जग्गा अतिक्रमण भइरहेकोे प्रष्ट देखिन्छ ।

यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर भइरहेको उत्खनन रोक्न स्थानीय र केन्द्र सरकारले जोड नदिने हो भने शङ्खरापुर नगरपालिकाको खुलालटार, इन्द्रायणी, घुमारीचोकलगायतका क्षेत्रको बस्तीमाथि ठूलो क्षति पुग्नुको साथै खानेपानीको समेत हाहाकार हुने अवस्था छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending