काठमाडौं । करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । आइतबार १५:३० बजेदेखि २०:०० बजेसम्मको सो अवधिमा ललितपुर, दाङ, रुपन्देही र लमजुङमा भएका दुर्घटनामा परी ४ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाटस्थित सडकमा बा१६ च ४७४३ नम्बरको स्कार्पीयो गाडीले बा ११ च ८९४९ नम्बरको बलेरो गाडी र बा४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं कलंकी बस्ने नुवाकोट का २७ वर्षीय चन्द्रमणी मुडभरी र मोटरसाइकलमा सवार ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४० वर्षीय गोबिन्द शर्माको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु भएको छ । स्कार्पियो चालक र बलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-८ दुधेनास्थित सडकमा रा१ त १७०७ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा साइकलयात्री दङ्गीशरण गाउँपालिका-५ सलौरा बस्ने ५० वर्षीय भिम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रेहेकोले प्रहरी खोजी गरिरहेको छ ।
यसैगरी रुपन्देही सैनामैना नगरपालिका-९ पिपलडाँडास्थित सडकमा लु २ ख ८३९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भऐकी अर्घाखाँची छत्रदेव गाउँपालिका घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ५० वर्षीया मायाँ श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जनालाई उपचारका लागि सोही अस्पतालमा लगिएकोमा १० जनालाई थप उपचारको लागि मर्सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।
यसैगरी लमजुङ बेसिशहर नगरपालिका-१ देउरालीस्थित सडकमा ग१ ज ६५१९ नम्बरको जिप र ना४ ख २२८० नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार लमजुङ दोर्दी गाउँपालिका-७ फलेनी बस्ने ५० वर्षीया डोल्मा तामाङको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला सामुदायिक अस्पताल बेशिशहर लमजुङमा उपचार भइरहेको छ भने अन्य ३ जनाको मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीयले प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: