Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

यसकारण सम्बन्धविच्छेदका उजुरी दिनेमा पुरूषको संख्या धेरै

खलङ्गा । सम्बन्धविच्छेदका लागि उजुरी गर्नेको सङ्ख्या जुम्लामा बढ्दै गएको छ ।
पछिल्लो समय जिल्ला अदालत जुम्लामा सम्बन्धविच्छेद गर्न उजुरी दिन आउनेहरुमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढेको हो । नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि उनीहरु सम्बन्धविच्छेदका उजुरी दिन थालेका हुन् ।

चन्दननाथ नगरपालिका–८ का २७ वर्षीय हिक्मत रोकायाले जिल्ला अदालत जुम्लामा सोमबार सम्बन्धविच्छेदको उजुरी दिएका छन् । खान नपकाएको र आफूसँग नबसेको भन्दै उहाँले पत्नी दुर्गादेवी भण्डारी रोकायासँग सम्बन्धविच्छेद गर्न उजुरी दिएका हुन् । पहिले महिलाले मात्रै अदालतमा सम्बन्धविच्छेदको उजुरी दिन सक्ने कानूनी व्यवस्था थियो ।

पुरुषले सम्बन्धविच्छेद गराउन चाहेको खण्डमा गाविस हुँदै आउनुपर्दथ्यो । तर, अहिले अदालतमै उजुरी दिने व्यवस्था कार्यान्वयनमा आएपछि पुरुष पनि सम्बन्धविच्छेदका उजुरी दिन थालेका हुन् । नयाँ संहिता कार्यान्वयन भएपछि अदालतमा छ पुरुषले अदालतमा सम्बन्धविच्छेदको उजुरी दर्ता गराएका छन् । अहिले उजुरी उपर छानबिन भइरहेको अदालतका तामेलदार नन्दबहादुर महतले बताए।

उनले भने, “पहिले पतिपीडित महिलाले उजुरी दिँदै आएका थिए, अहिले पत्नीपीडित पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदको उजुरी दिन थाले ।” उहाँका अनुसार महिलाको उजुरी उपर छिट्टै कारवाही हुने गरेकामा पुरुषले दर्ता गराएको उजुरी छिन्न न्यूनतम एक वर्षसम्म लाग्ने गर्छ ।

पहिले महिलाले उजुरी दिन पाउँदा पुरुषलाई अन्याय महसुस भइरहेको थियो । अहिले पुरुषले पनि उजुरी दिने व्यवस्था हुँदा पत्नीपीडित पुरुष पनि अदालतसम्म पुग्न सक्ने भएका हुन् । पुरुषले दिएको उजुरीका आधारमा पतिपत्नीलाई झिकाएर मेलमिलापको प्रक्रिया थाल्छौँ । एक वर्षभित्र गर्नुपर्ने सबै प्रक्रिया अपनाउँछौँ ।

तामेलदार महतले भने “हर प्रयासले पनि मिल्न नचाहेको खण्डमा मात्रै सम्बन्धविच्छेद गर्ने अवस्थामा पुग्छौँ”, चालू आर्थिक वर्षमा १७ महिलाले सम्बन्धविच्छेदको उजुरी दर्ता गराएकामा आठ उजुरी उपर कारवाही भइसकेको छ । बाँकी उजुरीउपर प्रमाण सङ्कलनको काम भइरहेको छ । गत वर्ष २९ सम्बन्धविच्छेदको उजुरी परेकामा २६ फछ्र्यौट भइसकेका छन् । तीन उजुरी छिन्न बाँकी रहेको जिल्ला अदालत जुम्ला जनाएको छ ।

नयाँ मुलुकी संहिताले कानूनबमोजिम अंश लिई वा मानो छुट्टिइ पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ ।

तामेलदार महत भन्नुहुन्छ, “पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न पाउँछन् ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending