Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

१३ वर्षीय बालकद्वारा पाँच वर्षीया बालिका बलात्कृत

सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकि थिइन् । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए । आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिए ।

मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २१९ को उपदफा २ को ९ग० अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार भएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए ।

प्रहरी नायब उपरीक्षक मिश्राका अनुसार पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

शौचालयका लागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy