वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा शुक्रबार उनलाई रक्षामन्त्री नियुक्त गरेको हो ।
पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए ।
त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उनलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
गत वर्षको डिसेम्बरदेखि अमेरिकामा रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो ।
गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् ।
गत डिसेम्बर महिनामा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात गर्नुभएको बताइएको थियो ।
सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री म्याटिस्ले अकस्मात पदबाट राजिनामा दिएको समाचार आएको थियो ।
एस्पर गएको छ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति भउका छन् । एस्परले प्याट्रिक सानहानलाई विस्थापित गरेको हो ।
सानहान कार्यबाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उहाँका विषयमा पनि विभिन्न प्रश्नहरु आएका थिए । उनीमाथि विशेषगरी घरेलु हिंसामा संलग्न भएकोजस्तो प्रश्न गरिएको थियो ।
त्यस विवादपछि उहाँपनि सो पदबाट हटेको हो । उनी पनि सैनिक नेतृत्वबाट आएको हो ।
रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ । एक शक्तिशाली मन्त्रीका रुपमा रहेको सो मन्त्रीको नियुक्ति पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरुभन्दा चर्को रुपमा मध्यपुर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गरेका छन्। उनका अभिव्यक्तिहरु सुन्दा अमेरिका इरानको आक्रमणको अवस्था देखिन्छ ।इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको थियो ।
इरानले सो ड्रोन आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर खसालिदिएको बताएको छ ।
तर इरानको यो भनाईको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकी भनाइअनुसार उसले इरानको सीमाना नाघेको थिएन ।
यो हमलापछि अमेरिकी ट्यांकरहरुमा इरानमा त्यहाँका अज्ञात समूहहरुले हमला गर्ने गरेका छन् । त्यस काममा इरानको हात रही आएको अमेरिकी दाबी छ ।
तर त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ । अमेरिकी ट्यांकरहरुमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ ।
हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।
उनलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्तगरेका थिए । उनले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रुपमाा रहेर काम गरिरहेका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: