Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

देशको माया गर्ने जनशक्ति चाहियो - शिक्षामन्त्री

नारायणपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन्।

दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।

जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उहाँले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताए । “ंसबैले उच्चशिक्षा लिन्छन् भन्ने छैन, तर अव माध्यमिक तह उत्तीर्ण भएर बाहिर निस्किँदा सीप सिकेर श्रम बजारमा आउनसक्ने वातावरण मिलाउनुपर्छ ।”

शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा मन्त्रीले भने,“अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको छ । यो गलत छ ।”

“विद्यालय नसकिँदै युरोप जाने सपना पाल्ने जनशक्ति हैन, देशको माटोलाई माया गर्ने, स्वाधिन, स्वतन्त्रताको रक्षाका लागि काम गर्ने जनशक्ति उत्पादन आवश्यक छ”, मन्त्री पोख्रेलले भने, “ प्रति वर्ष पाँच हजार जनशक्ति उत्पादन गर्ने गरी गत वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयलाई विस्तार गर्दै लैजाने हो ।”

यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोख्रेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताए । सरकारले प्रत्येक प्रदेशमा एक÷एकवटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरु गरिसकेको उनले बताए ।

बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

विभिन्न विषयगत क्षेत्रमा वार्षिक झण्डै पाँच हजार जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित २०७५ भदौदेखि सञ्चालनमा आएको उक्त शिक्षालय भवनको शिलान्यास भएको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थित आधारभूत विद्यालय कर्जाहीले प्रदान गरेको साँढे दुई बिघा जमीनमा भवन निर्माण हुने शिक्षालयका प्राध्यापक यादव सुवेदीले बताए। शिक्षालयको विकासका लागि रु एक अर्ब खर्च गर्नेगरी गुरुयोजनासमेत निर्माण भएको छ ।

यो वर्ष रु पाँच करोड खर्च गरेर भवन बन्दैछ । १५ लाखको भवन निर्माण भइसकेको छ । शिक्षालयलाई पूर्वाधारयुक्त बनाउनका लागि अहिलेको जमीनले मात्रै नपुग्ने भएकाले थप जमीनको खाजी गर्न मन्त्री पोखरेलले आग्रह गरे । पूर्वाधार निर्माणका लागि शिक्षालयलाई आवश्यक पर्ने जमीनको व्यवस्था गर्न घोराही उपमहानगरपालिकाले महत्वपूर्ण सहयोग गर्ने नगरप्रमुख नरुलाल चौधरीले बताए ।

प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय बन्दै

सरकारले यही वर्षदेखि सातै वटा प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय निर्माणको प्रक्रिया शुरु गरेको छ । विशेष क्षमता भएका बालबालिका आवासीय रुपमा अध्यायन गराउने गरी सरकारले पहिलो चरणमा सातै वटा प्रदेशमा विशेष शिक्षा आवासीय विद्यालय निर्माण शुरु गरेको हो ।

यसै सन्दर्भमा प्रदेश नं ५ स्तरीय विशेष शिक्षा आवासीय विद्यालयको दाङको घोराहीमा शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका– १४ बालमन्दिर आधारभूत विद्यालयमा विसं २०७१ देखि बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्दै आएका छन् । तर, भौतिक पूर्वाधार र दरबन्दीको कारण सामान्य बालबालिका सरह अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकासहित प्रदेशका त्यस्ता बालबालिकालाई अध्ययन गराइने भएको छ ।

चालु आर्थिक वर्षभित्रै खर्च गर्ने गरी एक करोड विनियोजन भएको र यो आयोजना बुहवर्षीय रुपमा सञ्चालन हुने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए । अझै पनि देशमा तीन लाख बालबालिका शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै उहाँले ती बालबालिका अपाङ्ग, गरीब, दलित र छात्रा रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending