एजेन्सी। एक महिलाले आफू चढेर आएको एअर क्यानडाको विमानमा आफूलाई एक्लै छोडिएको बताएकी छन्। उडानका बेला निदाएकी उनलाई विमान अवतरण गरेपछि कसैले पनि बिउँझाएन।
गत जुन ९ मा टिफनी एडम्स नाम गरेकी ती महिला क्युबेकबाट टोरन्टो जान विमान चढेकी थिइन्। उडानका बेला उनी निदाइन् र बिउँझिदा सीटमा पेटी बाँधेकै अवस्थामा थिइन्।
विमानस्थलमा पार्क गरिएको विमानभित्र कठ्याङ्ग्रिने जाडो थियो र बाहिर निस्पट्ट अन्धकार।त्यो घटनापछि आफूलाई राति धेरै डर लाग्न थालेको उनले बताएकी छन्।
एअर क्यानडाले अवतरण गरेपछि विमानभित्र यात्रु छुटेको घटनाको पुष्टि गर्दै त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।
विमान अवतरण गरेको केही घण्टापछि मध्यराततिर आफू बिउँझिएको र त्यतिबेला एकदमै जाडो र निस्पट्ट अन्धकार भएको विवरण एडम्सले फेसबुकमा लेखेकी छन्। उनका अनुसार त्यो ूडरलाग्दोू अनुभव थियो।
फोनबाट साथीलाई आफ्नो परिस्थितिबारे जानकारी दिँदै गर्दा एक मिनेट पनि नभई उनको फोनको ब्याट्री सकियो। विमान पूरै बन्द भएकाले उनले फोन चार्ज पनि गर्न पाइनन्।
तर एडम्सकी साथीले विमानस्थललाई फोन गरेर एडम्स विमानभित्र अलपत्र परेको जानकारी गराइन्। एडम्सले विमानको ककपिटमा भेटिएको एउटा टर्च बालेर अरूको ध्यानाकर्षित गर्ने प्रयास गरेकी थिइन्।
विमानबाट सामान ओसार्ने एक कर्मचारीले उनलाई देखे र आश्चर्यचकित भए।
एडम्सका अनुसार उद्धार गर्न आएका एअर क्यानडा विमानसेवाका कर्मचारीले उनलाई गाडी र होटलको व्यवस्था गर्ने बताएका थिए। तर उनले त्यो प्रस्ताव अस्वीकार गर्दै यथाशीघ्र घर फर्किने इच्छा व्यक्त गरिन्।
विमानसेवाका प्रतिनिधिहरूले अनुसन्धानका क्रममा आफूलाई दुईचोटि फोन गरेको र क्षमा मागेको उनले बताइन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: