Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्दो

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ ।

विसं २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा १ ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो ।

विसं २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म जाने क्रममा बा २ ज ३९५५ नम्बरको ट्याक्सीमा छोडिएको नगद रु एक लाख ५० हजार र खोजतलास गरी पैसाको धनी दीपबहादुर राईलाई जिम्मा लगायो । विसं २०७६ वैशाख २९ गते रातोपुलदेखि ठमेल जाने क्रममा बा २ ज १७५२ नम्बरको ट्याक्सीमा भारतीय नागरिक डा लक्ष्मी नाडगिरको भारतीय नगद पाँच हजार, हीराको हार एक, सुनको चेन एक थान, ट्याब्लेट एक थान, पासपोर्ट एक थान हराएकोमा ट्राफिक प्रहरीले खोजतलास गरेर सम्बन्धित धनीलाई बुझाएको थियो ।

काठमाडौँ उपत्यकामा ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढेर गएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४०६ ले ट्याक्सीमा सामान हराएको तथा छुटेको निवेदन दिएका छन् । जसमा २४९ को सामान फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्याक्सीमा छोडिएको वा हराएको यात्रुको सामान सिसी क्यामरामार्फत पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगाउँदै आएको जानकारी दिए । “कतिपय चालकले सामान इमान्दारिताका साथ सम्बन्धित धनीलाई बुझाउन महाशाखामा आउँछन् भने कतिपय चालकले नदिने गरेका छन्, जसलाई महाशाखाले कारवाहीसमेत गर्दै आएको छ”, उनले भने । उपत्यकामा सिसीटिभीको जडान भएकै कारण सवारीसम्बन्धी धेरै घटना पत्ता लगाउन सजिलो भएको उहाँको भनाइ छ ।

कुनै पनि यात्रुको छोडिएको सामान बदनीयतपूर्वक नदिएमा त्यस्ता चालकलाई एक हप्तादेखि एक महीनासम्म महाशाखामा तारेख धाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै, महाशाखाले ५४ सवारीसाधन फेला पारे पनि सवारी साधनमा सामान नभेटिएको बताएको छ भने १०३ चालकमाथि अनुसन्धान गरिरहेको जनाएको छ । महाशाखाले चालू आर्थिक वर्षमा ट्याक्सीमा खोजतलास गरी रु एक करोड ४९ लाख ३२ हजार ७०० मूल्य बराबरको नगद र सामानसम्बन्धित धनीलाई बुझाएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले उपत्यकामा चल्ने अधिकांश ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छोडिएको सामग्री सम्बन्धित धनीलाई बुझाउने गरे पनि केहीको नियत ठीक नभएका चालकका कारण ट्याक्सी चालक बदनाम हुन पुगको बताए ।

“उपत्यकामा ट्याक्सी चलाउने सबै चालकले सामान छुटेका यात्रुलाई सामान फिर्ता गरी उपहार लिने वातावरण निर्माण गर्नुपर्छ”, उनले भने । सामान फिर्ता नगर्ने चालकलाई सङ्घले कारवाहीसमेत गर्ने गरेको उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending