Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

जि–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

टोकियो । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ ।

सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरे ।

सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुग्नुभएको बताइएको थियो ।

विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै समयमा विश्वका ती औद्योगिक राष्ट्रहरुको उक्त समूहको सम्मेलन शुरु भएको हो ।

जापानी प्रधानमन्त्री आबेले यस सम्मेलनका लागि जापान पुग्ने विभिन्न देशका नेताहरुलाई स्वागत गर्नुभएको छ । नेताहरु हिजोदेखि नै जापान पुग्ने क्रम जारी छ ।

यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुने बताइएको छ ।

यसका साथै उक्त सम्मेलनको पूर्व सन्ध्यामा विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाका बीचको कर सम्बन्धी विवाद कायमै रहेकोले यस बारेमा वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ ।

त्यसैगरी विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएकोले यस बारेमा ती दुई देशलाई वार्ताको माध्यमबाट समस्या सुल्झाउनका लागि विश्वका नेताहरुले सुझाव दिने अपेक्षा पनि गरिएको छ ।

यस जि–२० सम्मेलनमा औपचारिक सम्झौता हुने सम्भावना भने नरहेको अधिकारीहरु बताउँछन् । उनीहरुले दुबै मुलुकबीच जारी व्यापार वार्तासमेत केही समयदेखि अबरुद्ध रहेकाले यस विषयले गति लिन सक्ने अनुमान गरिएको बताएका छन् ।

समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ ।

विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ ।

त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ ।

सो सम्मेलनको पहिलो दिन मन्तव्य राख्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू पछिल्लो समयमा विश्वमा उठेको व्यापारिक विवादबाट गम्भीर भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले यसै सम्मेलनबाट स्वतन्त्र तथा भेदभावरहित व्यापारको लागि वातावरण सिर्जना भएको सन्देश जानुपर्ने आफ्नो धारणा रहेको बताएका थिए ।

सो सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि त्यहाँ पुगेका छन् । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए ।

अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ ।

त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ । जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापान प्रस्थान गर्नुअघि बिहीबार अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै अमेरिकी बजार खुम्चिएको र यसबाट चीनको अर्थतन्त्रमा पनि गिरावट आएको दाबी गरेका थिए ।

जापानी प्रधानमन्त्री आबेले विश्व अर्थतन्त्रका लागि पनि यीनै जि–२० का राष्ट्रहरु बढी जिम्मेवार हुनुपर्ने अवस्था रहेको भन्दै यसका लागि सबै नेताहरुलाई असल र सौहार्द औद्योगिक तथा व्यापारिक वातावरण निर्माण गर्न सबै नीतिहरु अपनाउन आह्वान गरे ।

विश्वमा व्यापारिक वातावरणको निर्माण गर्न, विश्व व्यापार संगठनमा सुधार गर्न र अहिलेको असहज परिस्थितिको छिटो निराकरण गर्न आफूले नेताहरुसँग वार्ता गर्ने पनि बताए ।

यस समूहमा विश्वका औद्योगिक राष्ट्रहरु र युरोपेली युनियन सदस्य रहेका छन् । विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो ।

यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy