दाङ । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि ‘अन्तिम घर’ प्रस्ताव गरिएको हो ।
“दाहसंस्कारका लागि अगैयाघाट जोखिमपूर्ण बन्दै गएको छ”, नेपालगञ्जका युवा व्यवसायी अर्जुन खड्काको दाहसंस्कारका लागि अगैया पुगेका अधिकांशले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूसँग भने । गाउँपालिका प्रमुख थारू घाट पुग्दा खड्काका मलामीहरूले त्यहाँ रहेको फोहर, अव्यवस्थित घाट र जोखिम देखाउँदै उहाँको ध्यानाकर्षण गराए ।
अध्यक्ष थारूले सरसफाइका लागि तत्काल व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे पनि घाटका लागि बजेट व्यवस्था भने गरी नसकेको बताए । “स्थायीरूपमा घाट नै कहाँ बनाउने भन्ने कुरा छलफलमा छ”, सिक्टा सञ्चालन भएपछि अगैयामा दाहसंस्कारका लागि घाट सम्भव नहुने देखिएको सम्भावना औँल्याउँदै अध्यक्ष थारूले भने, “जहाँ टुङ्गो लाग्छ त्यही व्यवस्थित गरिनेछ ।”
हाल राप्तीसोनारी–२ मा रहेको अगैयाघाट राप्तीनदीको सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल हो । “यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने हाम्रो प्रस्ताव हो”, राप्तीसोनारी–८ का अध्यक्ष खुमबहादुर बस्नेतले भने, “सिक्टा सञ्चालन भएपछि यहाँ ९अगैया० दाहसंस्कार सम्भव छैन”, वडाध्यक्ष बस्नेतका अनुसार, कोहलपुर पूर्वका अधिकांशहरूले हाल प्रयोग गर्दै आएको शम्शेरगञ्ज–८ गौशाला नजिक घाट प्रस्ताव गरिएको छ ।
“विद्युत्को पहुँच भइसकेकाले विद्युतीय शव दाहगृह निर्माण गर्न सकिन्छ”, वडाध्यक्ष बस्नेतले सामुदायिक वनबाट दाउराको समेत व्यवस्थापन सम्भव भएको जानकारी दिँदै भन्नुभयो, “अगैयाघाट प्रयोग गर्ने अधिकांश कोहलपुर पश्चिमका भएकाले उनीहरूका लागि आवागमनमा ५० किलोमिटर दूरी कम हुने र खर्च आधा जोगिन्छ ।” दुई वर्षदेखि नयाँ घाटको प्रस्ताव हुँदै आए पनि अगैयाका स्थानीय व्यवसायीको दबाबमा काम अघि बढ्न सकेको छैन ।
बजार तथा व्यापार सुक्ने डरले अगैयावासी त्यसको विरुद्धमा रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । वडाध्यक्ष बस्नेतले घाट निर्माणको कुरा राप्तीसोनारीको मात्र सवाल नभएकाले जिल्लाबाट नै योजना आउनुपर्ने बताए। “खासगरी राप्तीसोनारी र कोहलपुर नगरपालिकाले यसमा बढी चासो लिनुपर्छ”, बस्नेतले भने, “अरु सबै स्थानीय तहले सहयोग गर्नुपर्छ ।”
घाट निर्माणका लागि योजना अघि सारे सर्वसाधारण समेतले हातेमालो गर्ने विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । “अन्तिम गन्तव्य नै यही भएकाले यसमा सबैले हातेमालो गरेर व्यवस्थित दाहसंस्कारस्थल, मलामी घर, किरीयापुत्री निवास, खानेपानीदेखि शौचालयसम्म सुनिश्चितता गर्न सकिन्छ”, श्रेष्ठले भने, “अन्तिम घरका लागि प्रत्येक घरबाट सहयोग जुट्छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: