डिसी। आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरुको छनौट सम्पन्न भएको छ ।
अन्तिम (फाइनलिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेकामध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन् । उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरु मध्येमा मिनेसोटाकी आस्मा थापामगर, भ्यानकुभर क्यानडा कि आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायोकी विष्णु मिश्रा, भर्जिनियाकी गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनिषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राजश्री आचार्य, न्यू योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल, कोलोराडोकी सेलिषा नेपाल, मेरिल्याण्डकी शिक्षा घिमिरे, न्यूयोर्ककी सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल छनौटमा पुग्न सफल भएका छन् ।
गतवर्ष मिस नेपाल नर्थ अमेरिकामा मोनिका घले भएकी थिइन् प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता सृजना राई भएका थिए । यसपटक मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि कूल ३३ जनाले निवेदन दिएका थिए भने त्यसमध्ये उत्कृष्ट १७ जनालाई छनौट गरेको आयोजकका प्रमुख शैलेन्द्र श्रेष्ठले जनाएका छन् ।
दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ नामक कार्यक्रमको लागि मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा आधिकारिक सहभागी मेन्टर९परामर्शदाता०को रुपमा सहभागिता हुनेछिन् ।
यस पटक पनि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले आधिकारिक कोरियोग्राफरको भूमिका निर्वाह गर्ने छिन । अतिथि कलाकारहरुमा क्रमशः एड्रीएन प्रधान, सिने गुरुङ, बिक्की गुरुङ, आदित्य लामा, राहुल राई तथा जय गुरुङको प्रस्तुति रहने छ । यसैगरी यसपटक उद्घोषक सुमित सिग्देलले गर्नेछन् भने डिस्क जोकी (चक्रिका विदूषक)हरुमा क्रमस रोकेश गुरुङ तथा जङ्गबु शेर्पा रहने छन् । आगामी अगस्त महिनाको १७ तारिखका दिन गतवर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ ।
स्मरण रहोस, गतवर्ष प्रथम ‘मिस नेपाल नर्थ अमेरिका २०१८’ को लागि मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठले कोरियोग्राफ गरेकी थिइन् भने २०१७ कि मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन् । प्रतियोगितामा भाग लिनको अलागी आवेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको थियो । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ ।
९ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ । आयोजक समूह शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सहसंस्थापक सभापति रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: