Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने

रियाद । साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ ।

बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

बिहीबार भएको सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।

राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलालाई पुरुषसरह अधिकार दिएको बताइएको छ ।

यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।

महिला अधिकारकर्मीहरूले अभिभावक प्रणालीको विरूद्ध दशकौंसम्म अभियान सञ्चालन गर्दै आएका थिए ।

आदेशपछि साउदी अरेबियामा महिलाले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ ।

साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकसँग सुरक्षित रहेको बताइएको छ ।

राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानको बीचमा यो निर्णय आएको छ । महिलालाई सवारी साधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए ।

सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उनले जारी गर्नु भएको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याइने बताइएको छ ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy