Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

कारागार ऐन संशोधन मस्यौदा मन्त्रिपरिषद्मा, अब कैदीले कारागारभित्रै बच्चा जन्माउन पाइने

काठमाडौं । कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ। गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

आजको नागरिक दैनिकमा खबर छ- मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ।

विभागका उपसचिव एवं सूचना अधिकारी वासुदेव घिमिरेले कैदीबन्दीलाई प्रजनन अधिकार दिने नयाँ व्यवस्था समेटिएको कारागार ऐन मस्यौदा मन्त्रिपरिषद्मा पुगेको बताए। १० वर्षअघि सर्वोच्च अदालतका न्यायधीशद्वय बलराम केसी र गिरिशचन्द्र लालको संयुक्त इजलासले कैदीहरुलाई प्रजनन अधिकार प्रदान गर्न सरकारलाई आदेश दिएको थियो। विभागले सोही आदेशमा टेकेर कैदीलाई प्रजनन अधिकार दिनेगरी ऐन मस्यौदा तयार गरेको हो।

‘केही नयाँ प्रावधान राखिएका छन्। कैदीलाई प्रजननका लागि यौन अधिकार दिन कि नदिने भन्ने विषयमा लामो छलफल पनि भएको थियो। गृह मन्त्रालयबाट मन्त्रिपरिषद्मा मस्यौदा गएकाले सो विषय समेटिएको छ,’ घिमिरेले भने।

विभाग स्रोतका अनुसार सन्तान नभएका कैदीलाई एक सन्तान जन्माउनका लागि मात्र यो सुविधा दिइनेछ। मस्यौदामा अविवाहित कैदीको हकमा कसैले विवाह गर्न चाहे विवाहसमेत गर्न दिने व्यवस्था राखिएको छ। विभागका एक अधिकारीले कैदीलाई प्रजनन र विवाह गर्ने अधिकार कसरी दिने भन्ने विषयलाई नियमावली बनाएर व्यवस्थित गरिनेछ। ‘कैदीलाई एउटा सन्ता जन्माउन र विवाह दर्ता वा सहमतिमा कानुनबमोजिम विवाह गर्ने कल्पना मस्यौदाले गरेको छ। त्यसलाई नियमावली बनाएर कार्यान्वयनमा ल्याउन सकिन्छ’, स्रोतले भन्यो। कैदीहरुलाई यौनिक निराशााबाट मुक्ति दिलाउन पनि यो नयाँ प्रावधान कार्यान्वयनमा आए सहयोगी हुनेछ। अन्तर्राष्ट्रिय मान्यता अनुसार नै कैदीलाई प्रजनन अधिकार उपभोग गर्न दिने विभागले जनाएको छ।

२०१९ सालमा ल्याइएको विद्यमान कारागार ऐनलाई नयाँ संविधानको भावाना अनुसार संशोधन गर्न सर्वोच्च अदालतको आदेशलाई पनि ध्यानमा राखेर मस्यौदा तयार पारिएको हो। ‘स्वास्थ्य विज्ञानले यो प्रमाणित गरेको छ कि महिलामा प्रजनन स्वास्थ्य तथा प्रजनन क्षमता र शक्ति निश्चित उमेरसम्म रहन्छ। त्यसैगरी पुरुषमा पनि उमेर अनुसार यो क्षमता कम हुँदै जान्छ। कुनै निश्चित उमेर नाघेपछि महिला तथा पुरुष दुवैमा यो क्षमता नरहने वा कम हुँदै जान सक्छ। प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हकको उपभोगबाट नै सन्तान उत्पादन भई परिवार र समाजको निर्माण हुन्छ।

हामीले आइसिसिआरको धारा २३(१०) हेर्ने हो भने, जुन नेपाल कानुन सरह हो, प्रत्येक नागरिकलाई परिवारमा संगठित हुने अधिकार प्राप्त छ। राज्यले अपराध गर्ने व्यक्तिलाई सजाय गर्न सक्छ तर प्रजननसम्बन्धी हकमा संविधानले प्रतिबन्धात्मक वाक्यांश नराखी रेस्ट्रिक्ट गर्न सक्ने व्यवस्था नगरेको हुँदा राज्यलाई पनि नागरिकको प्रजननसम्बन्धी हक हनन गर्ने अधिकार हुँदैन’, सर्वोच्च अदालतले कैदीलाई प्रजजन हक दिन गरेको आदेशमा उल्लेख छ।

गृह मन्त्रालयमा कैदीलाई प्रजनन अधिकार दिने विषयमा लामो समयसम्म छलफल भएको थियो। स्रोतका अनुसार अहिले भएका कारागारमा प्रजनन अधिकार सुनिश्चित गर्न सरकारले संरचनागत र पूर्वाधारको व्यवस्था पनि गर्नुपर्नेछ। बढ्दो आपराधिक गतिविधिका कारण सबैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। खुला कारागारको अवधारण लागु हुन सकेको छैन।

कैदीलाई निश्चित श्रमिकका रुपमा काममा लगाउने अवधारणा पनि कार्यान्वयन भएको छैन। यस्तो अवस्थामा कारागारमा प्रजनन अधिकार सुनिश्चितता गर्न थप पूर्वाधार निर्माण आवश्यक छ। ‘हामीले अहिले भएका कैदीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेका छैनौं तर पनि कानुन बनाएर प्रजननलगायत अन्य हक सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ। कार्यान्वयनका लागि थप पूर्वाधार निर्माण गर्नुपर्छ’, विभागका सूचना अधिकारी घिमिरेले भने।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending