Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

मानिस आफ्नो घरको फोहर बाटोमा फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ - मन्त्री बाँस्कोटा

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताए ।

उनले भने, “ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने ?” विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो सङ्कट आउने उनको भनाइ थियो ।

सञ्चारमन्त्री बाँस्कोटाले ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताए ।

मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताउँदै मन्त्री बाँस्कोटाले भने, “मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अव माथि उठ्नुपर्छ ।”

मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिँदै उहाँले सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने बताउनुभयो । कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले अवका तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने बताए ।

उहाँले भक्तपुर रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढेको चर्चा गर्दै राज्यको लगानीबिना नै शुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन हुने जानकारी गराए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमा।कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताए। पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending