Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

आजको संसद्मा राँगादेखि ज्योतिषसम्मका कुरा, हेर्नुहोस् कसले के भने ?

काठमाडौं । भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।”

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए । उनले भने, “ज्योतिष पेशा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति पत्रलाई अनिवार्य गर्न आवश्यक छ ।”

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधान विपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुस् भनेर चिच्याइरहेको जस्तो देखिन्छ भने ।

सांसद विना श्रेष्ठले अविरल वर्षाका कारण मुलुकका कयौँ भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो परिस्थितिको भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गरे। सांसद शान्ता चौधरीले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने ढङ्गबाट गरिएको जुलुस र प्रदर्शनीले कानूनी राज्यको उपहास गरिरहेको बताए ।

सांसद शान्तिमाया पाख्रिनले लोकसेवा आयोगको विज्ञापनका बारेमा सरकारको ध्यानाकर्षणका लागि भएको प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सत्यनारायण शर्मा खनालले बर्दघाट–हेटौँडा १३२ केभी विद्युत् प्रसारणलाइन घनाबस्ती क्षेत्रभन्दा बाहिरबाट लाने व्यवस्था गर्न सुझाव दिए।

सांसद सरलाकुमारी यादवले मुुलुकभर कुकुरको टोकाइबाट वर्षेनी ५० जनाभन्दा बढीको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी व्यक्तिले रेवीजविरुद्धको खोप लिनुपरिरहेको अवस्थामा भुस्याहा कुकुरको व्यवस्थापन होस् भने ।

सांसद सरिताकुमारी गिरीले तराई–मधेशमा पानीमा भएको आर्सनिकबाट धेरै जनताले विभिन्नखाले रोगसँग लड्नुपरेको हुँदा त्यसलाई नियन्त्रण गर्ने कुनै उपाय छ कि भनी प्रश्न गरे ।

सांसद सानु सिवाले नेपाल भ्रमण वर्ष नजीक आइसक्दा समेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सञ्चालन गरिएन भनी प्रश्न गरे ।

सांसद सीतादेवी यादवले जनप्रतिनिधिले शून्य समयमा बोलेका कुराको कार्यान्वयनको अवस्था किन शून्य रह्यो भनी प्रश्न गरे । सांसद सुजाता परियारले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्ने संवैधानिक व्यवस्था भए पनि लोकसेवा आयोगले त्यसलाई ‘बेवास्ता गर्दा’ राज्य किन मौन रह्यो भनी चासो व्यक्त गरे ।

सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढङ्गबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक छ भने । सांसद हीरा गुरुङले लोकसेवा आयोगको विज्ञापनसँग जोडेर संविधानले आरक्षण गरेको विषयलाई संवैधानिक अङ्गबाटै किन बेवास्ता गरिएको भनी प्रश्न गरे । सांसद बहादुरसिंह लामाले बाढीपहिराबाट भत्किएका पुल र सडक कहिलेसम्म बन्छ भनी प्रश्न गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending