काठमाडौं । यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए । उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए ।
त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए । थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बताए।
थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ ।
थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका संयोजक मीनराज चौधरीले राज्यबाट सधैँ दमन र शोषणमा परेको थारू समुदायले राखेका जायज मुद्दामा सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै सम्पूर्ण थारू समुदायलाई सम्मेलन सफल पार्नका लागि सहयोग गर्न आग्रह गरेको छ । उहाँले विसं २०७२ भदौ ७ र ८ गतेको घटनामा बिग्रिएको सामाजिक सद्भावलाई मजबुद बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउँदै राजनीतिक विचारधाराबाट यो सम्मेलन आयोजना नगरिएको स्पष्ट पारे ।
त्यस्तै, थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनका लक्ष्मण थारूले नेपालका २५ जिल्लाबाट थारू प्रतिनिधिको सहभागिता रहने सम्मेलनलाई टीकापुरको सद्भाव बिगार्न जमघट नहुने बताउँदै सद्भाव कायमका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले संस्थागत तथा राजनीतिक प्रतिनिधित्वको रुपमा सहभागी हुनुभन्दा पनि थारूहरूको हक, हितका लागि सम्मेलनमा सहभागी हुन आग्रह गरे ।
समितिले कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । यही भदौ ५ गते बृहत् सरसफाइ कार्यक्रम, ६ गते रक्तदान कार्यक्रम, ७ गते सम्मेलन उद्घाटन समारोह, ८ गते बन्दसत्र र ९ गते घोषणासभा सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: