धनगढी । सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ ।मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन ।
प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गएको जुन महीनभर मुश्किलले ५१ दशमलव ८ मिमी वर्षा भएको थियो । जबकि अघिल्लो वर्षको जुनमा १०७ दशमलब ८ मिमी वर्षा मापन भएको थियो । गएको जुलाईमा ४६० दशमलव ८ मिमी वर्षा भएकामा अघिल्लो वर्षको जुलाईमा ४४० दशमलव ८ मिमी वर्षा भएको थियो ।
यस्तै अगस्त महीनामा २३३ दशमलव ७ मिमी वर्षा भएकामा गत वर्षको अगस्तमा ४१७ दशमलव २ मिमी वर्षा मापन भएको थियो । “यस वर्ष गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भने, “त्यसयता योभन्दा ठूलो वर्षा हुन सकिरहेको छैन ।”
नेपालमा मनसुन जुन १० को आसपासमा भित्रिएर अगस्त महीनासम्म रहने गरेको बताइन्छ । आकाशको पानीको भरमा हुने वर्षे धानखेती पर्याप्त पानीको अभावका कारण प्रभावित हुन थालेको किसानले बताएका छन् ।
“भदौ तेस्रो हप्ता आउन लाग्दासम्म पनि राम्रोसँग वर्षा हुन सकिरहेको छैन”, धनगढी उपमहानगरपालिका–१३ का किसान महेश रानाले भने, “धान खेतमा पर्याप्त पानी नहुँदा झारपात उम्रिने र रोग किराको समस्या देखिन थालेको छ ।”
वर्षा कम हुँदा वर्षायामा गरिने तोरैयाँ, लौका, फर्सी, काँक्रा र तानेबोडीको उत्पादन भने तराईका जिल्लामा यसअघिका वर्षको तुलनामा वृद्धि भएको छ । “वर्षा बढी हुँदा तरकारीको उत्पादन विगतको वर्षायाममा कम हुने गरेको थियो”, किसान रानाले भने, “यसपाली भने कम वर्षा हुँदा तरकारी बाली भने सप्रेको छ ।” वर्षेनी मौसममा (जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको बताइन्छ ।
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले आकासको पानीको भरमा गरिएको धानबालीमा पर्याप्त पानीको अभाव देखिएको बताए ।
“यस वर्ष धान बालीमा पर्याप्त पानीको अभावका कारण प्रदेशमा १५ देखि २० प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको छ”, उनले भने । वर्षायाममा पर्याप्त वर्षा हुन नसकेमा त्यसको असर हिउँदे बालीमा समेत पर्ने कृषि प्राविधिकको भनाइ छ । वर्षायाममा पर्याप्त वर्षा नहुँदा जग्गामा रिचार्ज (पानी सञ्चित)को अवस्था पनि कमजोर भई यसको असर हिउँदे बालीलाई पनि पर्ने बताइन्छ ।
देशको पूर्वी भेकमा ठूलो मनसुनी वर्षा भए पनि कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विगतका वर्षमा जस्तो ठूलो वर्षा हुन सकेको छैन ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: