Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

शेयर बजारः यस साता पनि पुगेन अर्बमाथि कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो ।

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १५५ कम्पनीको छ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोवार भए ।

बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरीद बिक्री भए । बिहीबार कूल १५५ कम्पनीको १२ लाख चार हजार १५ कित्ता शेयर रु ३२ करोड ७६ लाख ३२ हजार २५८ मूल्यमा खरीद बिक्री भए । यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies