चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।
रङ्गशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । रङ्गशालाको निर्माणका लागि आफू दिनरात खटिएको बताएका छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म रङ्गशाला निर्माणको काममा जुटेको धुर्मुसको भनाइ छ ।
नवलपुरको गैँडाकोटमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले क्रिकेट मैदान सम्याउने काम अगाडि बढिरहेको जानकारी दिनुए । “अहिले राति अबेरसम्म पनि रङ्गशाला निर्माणको काममा जुटिरहेका छौँ”, उनले भने ।
मैदान सम्याउने र नालीको काम पूरा भएपछि पक्की निर्माणको काम अगाडि बढाउने उनले बताए । हाल कम्तीमा पनि ८० कामदार खटिएर नाली निर्माणका लागि डिपिसीको काम भइरहेको कट्टेलले बताए । क्रिकेट मैदानका लागि जमीनको सतहबाट दुई फिट उचाइमा माटो उठाउनुपर्ने भएकाले माटोलाई रोलरले पेल्दै सम्याउँदै अगाडि बढिरहेको कट्टेलको भनाइ छ ।
“क्रिकेट मैदानका लागि मुख्य मैदान निर्माणसँगै क्रिकेट अभ्यासका लागिसमेत मैदान तयार गरिरहेका छौँ”, उहाँले भने, “रङ्गशाला हेर्नका लागि आउने र खेल्नका लागि आउनेका लागि क्रिकेट मैदानको ‘स्याम्पल’ बनाएका छौँ, यसरी हामीले रङ्गशाला निर्माणको काम अगाडि बढाएका छौँ ।” खेल्नका लागि योग्य मैदान चाँडै नै निर्माण हुने जानकारी दिँदै धुर्मुसले स्रोत व्यवस्थापन भएको अवस्थामा २२ महिनाभित्रमा सम्पूर्ण संरचनासहित रङ्गशाला निर्माण पूरा गर्न सकिने बताए ।
क्रिकेट रङ्गशाला समयमै निर्माण सम्पन्न गर्नका लागि सबै नेपाली अभियान्ता बनेर तन, मन र धनले सहयोग गर्नुपर्ने उनको भनाइ छ । भरतपुरमा निर्माण भइरहेको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग गर्न गैँडाकोट नगरपालिकामा नगरस्तरीय सहयोग समिति बनेको छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा नगरस्तरीय सहयोग समिति निर्माण गरिएको हो ।
करिब रु दुई अर्ब ६० करोड लागतमा चितवनको भरतपुर–१५ मा रहेको कृषि तथा वन विश्वविद्यालय परिसरमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । बीस बिघा छ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको अत्याधुनिक सुविधासम्पन्न रङ्गशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: