Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मन्त्री परिषद् पुनर्गठन: यी हुन् 'धोका' खाने र 'सरप्राइज' पाउने मन्त्रीहरु

काठमाडौं । सांसद वसन्तकुमार नेम्वाङ उपनिर्वाचन प्रचारका सिलसिलामा गृहजिल्ला पाँचथरमा थिए । अरू केही दिन उतै बस्ने योजना बनाएर गएका उनलाई बुधबार राति साढे ८ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन गयो । फोन गर्नेले भने, ‘तपाईं मन्त्री बन्नुभएको छ, भोलि ९बिहीबार० बिहान ११ बजे शपथ छ, आउनुहोला ।’

नेम्वाङ रातारात त्यहाँबाट हिँडे र बिहीबार बिहानै काठमाडौं आइपुगे । नेम्वाङ मन्त्री बन्दै छन् भन्ने चर्चा नेकपा वृत्तमा भए पनि स्वयं उनलाई भने पटक्कै विश्वास थिएन ।

आजको कान्तिपुरमा खबर छ - नेकपाको चुनाव चिह्न सूर्य लिएर नवलपरासी १ बाट विजयी भएका ‘स्वतन्त्र सांसद’ हृदयेश त्रिपाठी पछिल्लो समय नेकपासँग असन्तुष्ट थिए । उनले लामो समयदेखि नेकपाका दुई अध्यक्षसँग आफ्नो भूमिकाबारे कुराकानी गरिरहेका थिए । ‘दुई अध्यक्षसँग छलफल त भइरहेको थियो तर अहिले नै मन्त्री बनिन्छ भन्ने लागेको थिएन,’ राष्ट्रपति कार्यालयबाट सार्वजनिक मन्त्रीहरूको सूचीमा आफ्नोनाम देखेपछि उनले निकटस्थहरूसँग भनेका थिए ।

पटक–पटक मन्त्री भइसकेका त्रिपाठी र पहिलोपटक मन्त्रीको कार्यभार लिएर सिंहदरबार छिरेका नेम्वाङका लागि यो ‘सरप्राइज’ निर्णय हो । यी दुवै मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यधिक विश्वास गरेर मन्त्रालयको जिम्मेवारी दिएका छन् । अब त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर संघीयता कार्यान्वयनमा मुख्य भूमिका खेल्नुपर्नेछ । नेम्वाङले ओली सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ को संकल्प पूरा गर्न विकासतर्फ सबैभन्दा बढी बजेट विनियोजन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हाँक्नुपर्नेछ ।

प्रधानमन्त्री ओलीको ‘क्याबिनेट’ मा मन्त्री भएर छिर्ने अधिकांशले बुधबार साँझसम्म आफू मन्त्री बन्दै छु या छैन भन्ने सुइँको पाउन सकेका थिएनन् । नयाँ मन्त्रीबारे ओली र दाहालले धेरै जनासँग परामर्श गरेकाले उनीहरूलाई आफैं पो मन्त्री बन्दै छु कि भन्ने आस हुनु स्वाभाविक थियो । उनीहरू छिनछिनमा अध्यक्ष र उनीहरूका स्वकीय सचिवालयका सदस्यहरूलाई फोन गरेर केही निधो भयो कि भनेर सोधिरहन्थे । सञ्चारमाध्यममा आइरहने अनुमानित मन्त्रीमा आफ्नो पनि नाम देखेपछि उनीहरूको हुटहुटी झन् बढ्थ्यो ।

आकांक्षीहरूको चर्को प्रेसरकै कारण मन्त्रिपरिषद् पुनर्गठनको सूचना प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्न नसकेको ती सदस्यको भनाइ छ । ‘त्यसैले राति मात्रै राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् पुनर्गठनको सूचना निकाल्नुपरेको हो,’ ती सदस्यले भने ।

राष्ट्रपति कार्यालयको सूचनाले यी नवनियुक्त मन्त्रीहरू छक्क परेजस्तै अत्यधिक चर्चा भएर पनि समेटिन नसकेका नेताहरू खङ्ग्रङ्ग परेका थिए । तिनैमध्येका हुन्– प्रभु साह । मधेसबाटै प्रतिनिधित्व गर्ने मातृका यादव बाहिरिने निश्चित भएपछि अध्यक्ष पुष्पकमल दाहालले साहलाई बोलाएर भनेका थिए, ‘मातृकाजीको ठाउँमा तपाईंलाई पठाउने विचार गरेको छु ।’ नेकपाको प्रदेश २ भित्रको राजनीतिलाई लिएर नेतृत्वसँग असन्तुष्ट रहेका साह अध्यक्षको आश्वासनले ‘पुलकित’ थिए । बुधबार रातिसम्म पनि आफू मन्त्रीको सूचीमा पर्नेमा ढुक्क थिए । तर प्रदेश २ का केही नेता र साहलाई नरुचाउने नेकपा नेतृत्वको दबाबमा अर्का सांसद रामेश्वर राय यादवलाई मन्त्रीका लागि सिफारिस गर्न अध्यक्ष दाहाल ‘बाध्य’ भए ।

‘साह अलि बाङबुङ बोल्नुहुन्छ, यादवको स्वभाव ठ्याक्कै उल्टो छ,’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने, ‘प्रधानमन्त्री अलिकति संयम हुन सक्ने मधेसी मन्त्रीको खोजीमा हुनुहुन्थ्यो, यादवजी फेला पर्नुभयो ।’

तत्कालीन एमालेबाट राजनीति थालेका यादव ०४८ पछि मधेसवादी दलसद्भावनामा आबद्ध भए । पछि फोरम, फोरम लोकतान्त्रिक हुँदै प्रतिनिधिसभा चुनावका बेला उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अहिले जुरेको एउटा संयोग के हो भने अहिले मन्त्री भएका यादव र त्रिपाठी दुवै तत्कालीन सद्भावनाका नेता हुन् । त्यतिखेरको एमालेसँग सद्भावना पार्टीको सम्बन्ध तीक्त थियो ।

मन्त्रीहरूको सूची सार्वजनिक भएपछि पूर्वमाओवादीका देवेन्द्र पौडेल, पम्फा भुसाललगायत नेता पनि अचम्ममा परे । तर उनीहरूले साहले जस्तो आक्रोशपूर्ण अभिव्यक्ति दिएका छैनन् । साहले भनेका छन्, ‘कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य–मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एकपटक लज्जित भएका छौं ।’

मन्त्रिपरिषद् पुनर्गठनप्रति साहको जस्तै कटाक्ष पूर्वएमालेका उपाध्यक्ष र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका भीम रावलले पनि गरेका छन् । उनले चुनावमा पार्टीलाई जिताउन रगत र पसिना बगाउने नेता–कार्यकर्ताको अपमान हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको टिप्पणी गरेका छन् ।

सरकारबाट बाहिरिनेहरूलाई भने प्रधानमन्त्री ओलीले पहिले नै छनक दिइसकेका थिए । त्यसैले मंगलबारै कान्तिपुरसँगको कुराकानीमा तत्कालीन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले भनेका थिए, ‘अझै २०र२५ वर्ष मेरो राजनीतिक करियर छ, यहाँ बसेर जति काम गर्न सकें, सन्तुष्ट छु ।’ उनले आफू सरकारमा रहँदासम्म मौरीझैं मिहिनेत गरेर काम गरेको बताए ।

चक्रपाणि खनाल, मातृका यादव, थममाया थापा र लालबाबु पण्डितले भने अहिलेका लागि मन्त्रिपरिषद्को यात्रा टुंगिएको छ भन्ने थाहा पाइसकेका थिए । जाँदाजाँदै मन्त्री थापाको गुनासो छ, ‘सरकारमा आउने जाने त भइरहन्छ तर कार्यसम्पादनका आधारमा हटाइयो भनेर बेइज्जतीपूर्ण प्रचार गरियो ।’ खनाल र यादव यसअघि नै ओलीसँग रुष्ट थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending