भक्तपुर । पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।
नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताउनुभयो । पार्टीको झण्डा बोकेर घरदैलो कार्यक्रममा मत माग्न हिँड्ने व्यक्तिलाई कार्यालयले मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम तत्काल रोकेर निष्पक्ष व्यक्तिलाई परिचालन गर्नुपर्ने बताउँदै अन्यथा कार्यक्रम नै रोक्न निर्वाचन कार्यालयलाई अनुरोध गरे ।
नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रतिनिधि निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनोट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चित हुनुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिह्नको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिह्नमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताए।
साझा पार्टीका प्रतिनिधि कालीचरण कार्कीले मतदाता शिक्षा दिने स्वयंसेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मुकुन्द थापाले मतदाता शिक्षा कार्यक्रमलाई तत्काल रोक्न अनुरोध गर्दै अहिलको समयमा मतदाता शिक्षाको औचित्य नभएको बताए।
आगमी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १९क०मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानूनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए ।
गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन भएको ५७ मध्ये २० जनालाई छनोट गरी परिचालन गरेको भन्दै मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताए । यस बारेमा जानकारी पाएपछि प्रजिअ नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरुलाई आफू बसेको वडाभन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: