काठमाडाैं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप चार स्वर्ण पदक जितेको छ । नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो । यो सँगै नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ ।
उसुमा दुई स्वर्ण
उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विजय सिञ्जालीले स्वर्ण जितेका हुन् । आजदेखि शुरु भएको उसुको थाउलुतर्फ थानछ्वानको महिला स्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । तामाङले ९ दशमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ । उसुतर्फ आजको यो नै पहिलो खेल थियो ।
यस्तै उसुको थाउलुतर्फ थानछ्वानको पुरुष स्पर्धामा नेपालका विजयले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई उछिन्दै स्वर्ण जितेका हुन् । उनले ९ दशमलव ४८ अङ्क जोडे । सो स्पर्धामा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कास्य पदकमा चित्त बुझायो । उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो ।
करातेमा नविनलाई स्वर्ण
तेह्रौँ सागअन्तर्गत करातेको ६७ किलो कुमुतेमा नेपालका नविन रसाइलीले आज स्वर्ण पदक जितेका छन् । नविनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते कभर्ड हलमा भएको खेलमा उनले बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए । करातेतर्फ यो नेपालको आठौँ स्वर्ण हो । सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो ।
डुवाथोलनमा हिमाललाई स्वर्ण
तेह्रौँ सागअन्तर्गत पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलङ्काका आशिष परेराले कास्य जिते । कास्कीको पोखरास्थित लेकसाइडमा भएको उक्त स्पर्धामा नेपाल, भारत र श्रीलङ्काका छ खेलाडी मात्र सहभागी थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: