Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

डोनल्ड ट्रम्पमाथी महाभियोग : के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ ?

एजेन्सी । डोनल्ड ट्रम्प अमेरिकी स‌ंसदको तल्लो सदनले महाभियोग लगाएको तेस्रो राष्ट्रपति बनेका छन्।

यस्तो छ महाभियोगका बारेमा आएका विभिन्न प्रश्नहरूको जवाफ यहाँ छ :

सिनेटमा यो मुद्दामा कहिले कारबाही हुन्छ ?

अहिलेसम्म यो निश्चित छैन तर सिनेट हिउँदको बिदाबाट काममा फर्कने बित्तिकै अर्थात ज्यानुअरीको दोस्रो सातामै यो विषयमा छलफल सुरु हुनसक्छ।

सिनेटमा अल्पमतमा रहेका डेमोक्र्याट नेता चक सुमरले त्यही समय अनुरोध गरेका छन्।

रिपब्लिकन नेता मिच म्याककोनेलले आफ्ना अन्य साथीहरूले अनुरोध गरेको समय मन नपराए यही समयमा सहमत हुन सक्छन्।

यदि ट्रम्पमाथिको महाभियोग पारित भएमा के उनी सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन सक्छन् ?

यो जटिल प्रश्न हो तर यसको उत्तर स्पष्ट छैन।

रिपब्लिकनहरूले महाभियोगको कुराले ट्रम्पलाई पुनस् निर्वाचन प्रचारप्रसारकालागि चन्दा सङ्कलनमा सहयोग पुगेको बताउँछन् भने उनका समर्थकहरू अझै उनीमाथि भरोसा गरिरहेका छन्।

डेमोक्र्याट्हरू भने महाभियोग लागेपछि ट्रम्पको नाममा कालो धब्बा लागेको र त्यसलाई मतदाताहरूले स्वीकार गर्न नसक्ने बताउँछन्।

ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरू पहिले झैँ विभाजित छन् र महाभियोगको कुराले यसलाई खासै फरक पारेको छैन।

अहिले भन्न सकिने कुरा भनेको सन् २०२० को निर्वाचन महाभियोगको जे नतिजा भएपनि प्रतिस्पर्धात्मक हुनेछ।

के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ ?
यदि ट्रम्पमाथि महाभियोग लाग्यो र उपराष्ट्रपति पेन्स राष्ट्रपति बने भने के पेन्सले ट्रम्पलाई उपराष्ट्रपति नियुक्त गरेर राजीनामा गर्नु कानुनसम्मत हुनेछ ?अमेरिकी संविधानमा त्यसबारेमा केही लेखिएको छैन त्यसैले त्यस्तो सम्भव छ।

तर त्यसमा पहिलो अवरोध माइक पेन्सले ट्रम्पलाई उपराष्ट्रपतिमा नियुक्त गर्न आवश्यक दुवै सदनको स्वीकृति हो।

डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनले त्यसलाई पारित गर्ने सम्भावन कम छ।

यदि सिनेटबाट महाभियोग परित भएको अवस्थामा उसले पनि त्यसको अर्थ ट्रम्पले भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर व्याख्या गर्न सक्छ।

तर महाभियोग लागेपनि ट्र्म्प राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन र जितेर ह्वाइट हाउसमा फर्कन कुनै बाधा हुने छैन।

तर सिनेटले ट्रम्पलाई महाभियोग नलगाउने निश्चितप्रायस् भएको अवस्थामा यो सबै प्रक्रियाको के अर्थ हुन्छ ?

डेमोक्र्याट्हरूका अनुसार सिनेटमा महाभियोग पारित हुने सम्भावना कम भएपनि उनीहरू राष्ट्रपतिलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन यो प्रक्रियालाई अघि बढाइएको हो।

उनीहरूका अनुसार यदि उनीहरूले राष्ट्रपति ट्र्म्पले राजनीतिक प्रतिस्पर्धीमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएर पदको दुरुपयोग गरेको भन्ने आरोपलाई बेवास्ता गरियो भने ट्रम्पले यस्तै अन्य कदम चालेर आगामी निर्वाचनमा डेमोक्र्याट्सलाई झन् असर पुर्याउन सक्छन्।

यदि महाभियोग पारित भएन भने के उनी फेरी निर्वाचनमा उठ्न सक्छन् ?

निश्चिनरूपमा उठ्न सक्छन्।

यसले उनको निर्वाचित हुने सम्भावनालाई कम गर्न सक्छ तर यसले उनलाई उम्मेदवार बन्न वा निर्वाचित हुन रोक्दैन।

उनी महाभियोग लागेर पदच्यूत भएपनि निर्वाचनमा उम्मेदवार हुन सक्छन्। त्यसलाई रोक्न सक्ने एकमात्र तरिका भनेको सिनेटले उनलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गर्ने हो।

सिनेटमा महाभियोग बारेको कारबाही किन आजै हुन सक्दैन ?

तल्लो सदनको महाभियोगले सिनेटको कारबाही सुरु गर्ने बाटो खुल्यो तर त्यसको समयावधि र समय सिनेटले निर्धारण गर्छ।

सिनेटले कुन बेला कुन प्रक्रियाले कारबाही सुरु गर्ने भन्ने तय गर्छ।

महाभियोगको कारबाहीमा नागरिकले कर तिरेको कति पैसा खर्च हुन्छ ?

यसको खर्च यति नै हुन्छ भनेर भन्न सकिन्न।

रोबर्ट मुलरले गरेको अनुसन्धानमा तीन करोड बीस लाख अमेरिकी डलर खर्च भयो तर युक्रेनबारे संसद्ले गरेको अनुसन्धानमा सोही मानवस्रोत र बजेट चलाइएको थियो।

डेमोक्र्याट्हरूले तल्लो सदनमा नियन्त्रण कायम गरेपछि सयौँ विधेयकहरू पारित गरेका छन् तर तीमध्ये थोरै मात्र सिनेटबाट पारित भएका छन्।

वास्तवमा कंग्रेसले अक्टोबरमा सुरु भएको आर्थिक वर्ष २०२० को बजेट पारित गरेको छैन। यदि शुक्रवार मध्यरातसम्म कंग्रेसले सो बजेटमा सहमति जुटाउन सकेन भने अमेरिकी सरकारको खर्च यो वर्ष दोस्रो पटक रोकिने छ।

महाभियोगको कारबाहीलाई कसले नियन्त्रण गर्ने छ - सिनेटका सदस्य या प्रधान न्यायाधीश ?

अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीशले महाभियोग कारबाहीको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।

सिनेटका सदस्यहरूले कारबाहीको प्रक्रियाबारेमा मतदान गरेपनि कारबाही सुरु भएपछिको दैनिक कार्यसूची प्रधान न्यायाधीश जन रोबर्टले तय गर्नेछन्।

तर प्रधान न्यायाधीशका कुनैपनि निर्णय सिनेटले साधारण बहुमतबाट उल्टाउन सक्छ। यसको अर्थ यदि रिपब्लिकनहरू एक भए कुनैपनि अवस्थामा नियम परिवर्तन गर्नसक्छन्।

सिनेटका सदस्यहरूले राजनीतिक आस्थाको आधारमा मत दिन्छन् वा स्वतन्त्ररूपले ?

प्रत्येट सिनेटरले कसरी मत दिने भन्नेबारे आफ्नो निर्णय गर्न सक्छन्।

केही रिपब्लिकनहरूले अहिल्यै राष्ट्रपतिको पक्षमा मत दिने बताइसकेका छन्।

धेरै डेमोक्र्याटहरूले विपक्षमा मत हाल्ने बताएका छन्।

उनीहरूले मत हाल्दा राजनीतिक कारण वा व्यक्तिगत विचारका आधारमा मत हाले भन्ने कुरा उनीहरूले मात्रै भन्न सक्छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy