Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

किताब चोरीको आरोप लागेपछि राजदूतले दिए राजीनामा

मेक्सिको । आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले चोरीसम्बन्धी नयाँ आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् ।

यसअघि पसलबाट एउटा पुस्तक किन्न खोजे जस्तो गरी चोर्ने प्रयास गरिरहेको उनको भिडियाे सार्वजनिक भएको थियो ।

सतहत्तर वर्षीय रिकार्डो भलेरोले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्।

मेक्सिकोका विदेशमन्त्रीले भलेरोको स्नायुरोगसम्बन्धी उपचार भइरहेको बताएका छन्।

पैसा नतिरी ब्वेनस आइरिजस्थित एउटा पसलबाट पुस्तक लग्दै गरेको सीसीटीभीमा देखिएपछि यसै महिना उनलाई फिर्ता बोलाइएको थियो।

अहिले आएर उनीमाथि विमानस्थलमा रहेको एउटा पसलबाट कमिज चोर्ने प्रयास गरेको आरोप लागेको छ।

गत अक्टोबर महिनामा एल एटिनिओ ग्र्यान्ड स्प्लेन्डिडको दराजबाट एउटा पुस्तक टिपेर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएपछि त्यसबारे समाचार प्रकाशित भएको थियो।

दश अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमो कासानोभाको आत्मवृत्तान्त भएको बताइन्छ।

इटालीका जाकोमो १८ औँ शताब्दीका लेखक, सैनिक र साहसिक कामका लागि परिचित गुप्तचर थिए।

घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरे र त्यो मुद्दालाई अगाडि बढाइएन।

तर त्यससम्बन्धी भिडिओ सार्वजनिक भएपछि मेक्सिकोको विदेश मन्त्रालयले उनलाई फिर्ता बोलायो।

पछिल्लो पटक भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलबाट एउटा कमिज चोर्न खोजेको आरोप लागेको छ।

मेक्सिकोको विदेश मन्त्रायले आइतवार उनको राजीनामा स्वीकृत गरेको हो।

मेक्सिकोका विदेशमन्त्रीले आफ्नो ट्विटरमा लेखेका छन्, \'रिकार्डो भलेरो एक महान् व्यक्ति हुन्, उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।\'

ब्रेन ट्यूमर भएर बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकहरूले सन् २०१३ देखि नै नियाल्दै आएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending