Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

क्रिस्मसको पूर्वसन्ध्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप

हङ्‌कङ । हङ्‌कङमा प्रहरी र प्रजातन्त्रवादी प्रदर्शनकारीबीच क्रिस्मसको अघिल्लो साँझ झडप भएको छ।

टाउकोमा स्यान्टा क्लजको जस्तो टोपी र मृगको जस्तो सिङ लगाएका मानिसहरूले विभिन्न बजार तथा एउटा पर्यटकीय क्षेत्रमा प्रदर्शन गरेका थिए।

केही प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले आँखा पोल्ने पेपर स्प्रे, लट्ठी तथा अश्रुग्यास प्रयोग गरेको थियो।

हङ्‍कङमा छ महिनादेखि सरकारको विरोधमा आन्दोलन भइरहेको छ।

गत जुन महिनामा सरकारले सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयक ल्याएपछि विरोध सुरु भएको थियो। अहिले त्यसले प्रहरीको अत्याचार र प्रजातान्त्रिक सुधारको मागसहित आन्दोलनको रूप लिएको छ।

मङ्गलवार के भयो ?
केही प्रदर्शनकारीले क्रिस्मसको बेला पनि विरोधप्रदर्शन गर्न आह्वान गरेका थिए।

क्रिस्मसको पूर्वसन्ध्यामा चिम शा चई र मङ्‌ककका सडकमा हजारौँ मानिसहरू भेला भए।

केही प्रदर्शनकारीहरूले सडकबाट इँटा निकालेको र बाटो छेक्न थुप्रो बनाएको देखिन्थ्यो। प्रहरीका अनुसार प्रदर्शनकारीहरूले एउटा ब्याङ्कमा तोडफोडपछि आगो लगाइएका थिए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार मध्यरातमा प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि केही समय रोकेर शुभकामना आदानप्रदान गरेका थिए। उनीहरूले सुरक्षाकर्मीहरूलाई पनि शुभकामना दिएका थिए।

तर केही बेरमै उनीहरूबीच फेरि झडप भयो।

विरोधप्रदर्शनबाट सामाजिक व्यवस्था बिथोलिएको र उत्सवको उमङ्ग प्रभावित भएको सरकारले बताएको छ । पच्चीस वर्षीय निगेल चाल नाम गरेका एक प्रदर्शनकारीले रोएटर्स समाचारसंस्थलाई भने, \'धेरै हङ्‌कङवासीलाई यो क्रिस्मस भिन्न नहोला भन्ने लागेको थियो, तर यो वर्ष क्रिस्मसको पूर्वसन्ध्या त लडाइँ गर्ने समय भए जस्तो छ।\'

\'यो हाम्रा लागि हर्षपूर्ण पर्व र बिदाको बेला भए पनि केही \'प्रदर्शनकारीहरूे जेलमा छन् हामीले अरूलाई हाम्रो सङ्घर्ष अझै सकिएको छैन भनेर सम्झाउनुपर्छ,\' आफ्नो नाम म्यारी बताउने अर्की एक प्रदर्शनकारीले रोएटर्सलाई भनिन्।

सरकारका एक प्रवक्ताले दङ्गाकारीहरूले सामाजिक व्यवस्था र नागरिकहरूको क्रिस्मस पर्वको उमङ्ग बिथोलिदिएको आरोप लगाएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending