लुम्बिनी । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलका अनुसार सीमा अपराध नियन्त्रणमा जिल्लाका चार विओपी, पाँच वेश र तीन गुल्ममा रहेका पाँचसय सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४सैंँ घण्टा तयारी अवस्थामा रहेका छन् ।
उहाँले भन्नुभयो,“सीमा अपराध, चोरीपैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौं ।” सशस्त्र प्रहरीले सीमामा हुने अवैध क्रियाकलाप रोक्न सक्रियता देखाएसँगै हप्ता दिनमै लाखौं मूल्यको सामान बरामद गरेको छ । विओपी पजरकट्टिले मङ्गलबार राति रु नौ लाख ८२ हजार १५० बराबरको कपडा बरामद गरेको छ ।
पजरकट्टिका रेशम रोक्काको कमाण्डमा खटिएको मोबाइल टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुशीलबाबु पन्तले बताउनुभयो । बरामद कपडामा लामा ज्याकेट ११ थान, जाकेट १३१ थान, स्वीटर ११५ थान, पाइन्ट २८ थान, सर्ट २० थानलगायत छन् ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजश्व भन्सार सुरक्षागस्तीको टोलीले पनि पिबी ११ ए डब्लु २८९९ नंको भारतीय नम्बर प्लेटको फोर्ड ब्राण्डको कारसहित मोटरपार्टसका सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जनाएको छ । राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको कार भन्सार मूल्यअनुसार रु ११ लाख १३ हजार रहेको छ ।
यसैगरी गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी इलाकामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नं को बलेरो सिगल पिकअप प्राइभेट गाडीमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न हार्डवयरका सामान बरामद गरेको छ । गाडी चालक २२ वर्षीय भोला निसादसहित रु नौ लाख २४ हजार छ सय बराबरको समान भन्सार पठाएको छ । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने २०० लिटर ९१० कार्टुन० मोबिल रु एक लाख ४०० बराबरको बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: