एजेन्सी । युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन्।
राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भनेको छ।
विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको बुझिएको छ।
पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए।
यूकेका विदेशमन्त्री डोमिनिक राबले एउटा वक्तव्यमा भनेका छन्, ूतेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो।ू
तस्निम समाचारसंस्थाले ब्रिटिश राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्वीर ट्विटरमा पोस्ट गरेको थियो।
इरानी सञ्चारमाध्यमका अनुसार मकेयरमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ।
शनिवार इरानी अधिकारीहरूले युक्रेनी यात्रुवाहक विमानमा मानवीय त्रुटि का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए।
त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए।
यसअघि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानी स्वीकारोक्ति पहिलो महत्त्वपूर्ण कदमू भएको भन्दै उक्त दुःखद घटनाू बारे अनुसन्धान गर्न आग्रह गरेका थिए।
एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो।
युक्रेनी विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए। स्वीडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा सवार थिए।
तर शनिवार राष्ट्रपति हसन रुहानीले इरानी सेनाले भुलवश युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए।
उनले क्षेप्यास्त्र प्रहार एउटा अक्षम्य गल्ती भएको बताए।
अमेरिकी सैनिकहरू बस्दै आएका इराकस्थित दुईवटा सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि विमान दुर्घटनाको खबर आएको थियो।
ज्यानुअरी ३ तारिखमा अमेरिकाले इरानी सैनिक जेनरल कासिम सुलेमानीलाई मारेपश्चात् चर्किएको तनावबीच युक्रेनी विमान क्षेप्यास्त्र प्रहारको मारमा परेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा गरिएको क्षेप्यास्त्र आक्रमणमा सुलेनमानी मारिएपछि तेहरानले त्यसको बदला लिने जनाएको थियो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: