Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

इरानी सर्वोच्च नेतालाई शब्द चयनबारे ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई आफ्ना शब्दप्रति सचेत रहन चेतावनी दिएका छन् ।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई जोकरको सङ्ज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिङटन र तेहरान बीचको तिक्तता झन् बढेको छ।

खामेनेईले के भनेका थिए ?
असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए।

उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए।

राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ।

वाशिङटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसीका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्छन्।

विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्‌पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्थे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: