Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने बताउनुभएको छ ।

जिल्लाको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर मा.विको ६०औँ वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न र बेरोजगार घटाउन मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम गाउँ–गाउँमा विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई शिक्षित बनाउन शिक्षा क्षेत्र र बेरोजगारी हटाउन कृषि क्षेत्रमा लागनी गरेका छौँ, आशा छ यहाँको गरीबी र अशिक्षा चाँडै अन्त्य हुने छ ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका गाउँ–गाउँमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम पु्र्याउन विषेश योजनासहित पहल भइरहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषिका लागि अनुकूल वातावरण भएकाले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम यहाँका ८८ वटै स्थानीय तहमा सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।

सांसद प्रेमबहादुर आलेमगरले खुटिया–बिपीनगर–दिपायल–बझाङ जिल्ला हुँदै चीनको ताक्लाकोट जोड्ने फाष्टट्र्याक सडक सञ्चालनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको महत्व राख्ने फाष्टट्र्याक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने योजनाअनुसार हामी लागिपरेका छौँ, काम सम्पन्न गराएरै छाड्छौँ ।”

कम्तीमा पनि १० वर्षदेखि निर्माणकार्य शुरु भएको कैलालीको धनगढीदेखि स्याउले तथा डोटीको बिपीनगर, गड्सेरा, दिपायल हुँदै चीनको ताक्लाकोटसम्म पुग्ने उक्त द्रुतमार्गको लम्बाइ ९ स्याउले बजारदेखि दिपायलसम्म ८२ किलोमिटर छ । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies