म्याग्दी । सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४/४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् । अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय जान्छन् । घरबाट विद्यालय पुग्न पुर्जासँगै ५ वर्षीय मेञ्जु पुन र खुशी सुनारलाई कैशाल माविमा पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हुँदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन् ।
गाउँ नजीक रहेको सुनारी आधारभूत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय युवा जगत गर्वुजाले बताए । यस्तै बाध्यतामा छन्, रघुगङ्गा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्यालको । छन्त्याललगायत रायखोरकी सुस्मा शेरपुञ्जा, उदिन रोका, विना शेरपुञ्जा पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । “कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्”, स्थानीयवासी जगत गर्बुजाले भने, “उनीहरु पैदल हिँडेर स्कुल ओहोर–दोहोर गर्न बाध्य छन् ।” गर्वुजाका अनुसार उकालो बाटो र जङ्गलका कारण बालबालिकालाई जङ्गली जनावरको समेत खतरा रहने गर्छ ।
गाउँ आसपासबाट दैनिक ४० विद्यार्थीलाई बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाइ छ । “घर आयो थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निन्द्रा लाग्छ”, अमर माविमा कक्षा ९ मा अध्ययनरत कमल छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसँग पढ्ने समय नै नहुने गुनासो गरे । विद्यालयमा करिब ३५÷४० विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताए । “विद्यार्थीले पढ्ने समय नै पाएका छैनन्”, उनले भने, “दैनिक चार घण्टाको आवतजावतको प्रत्यक्ष असर पढाइमा देखिन्छ ।”
त्यस्तै मङ्गला गाउँपालिकाको मङ्गला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिब डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको सो विद्यालयले जनाएको छ । केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरे पनि अधिकांश विद्यार्थी पैदलमार्ग हुँदै विद्यालयमा पुग्ने गरेका छन् । “उकालो बाटोमा निकै थकानका साथ पुग्नुपर्दा पठनपाठनमा समेत असर परेको छ”, मङ्गला माविका कक्षा ६ मा अध्ययनरत बिमल पुर्जाले भने, “बिहानमा किताब हेर्न पाइँदैन ।” उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको व्यवस्था भएमा सहज हुने बताए । कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाइ छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: