नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । उनले बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने बताए।
प्रधानमन्त्री मोदीले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताए । बोडो समूहसँगको सम्झौतापछि प्रतिक्रिया दिँदै उनले भने, “बोडो समूहसँगको सम्झौताले बोडो जनताको विशिष्ट सांस्कृतिक पहिचानको संरक्षण र प्रचार गर्न सहयोग पुग्नेछ । उनीहरुले विकासका व्यापक कार्यहरुमा बोडो जनतालाई समाहित गर्नेछ । बोडो जनताका आकाँक्षालाई परिपूर्ति गर्न भारत सरकारले जतिसक्दो बढी ध्यान दिनेछ ।”
सोमबार भारत सरकारले हाल प्रतिबन्धित नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डका प्रतिनिधि सम्मिलित भारतीय गृह मन्त्रालय नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह र आसाम राज्यका मुख्यमन्त्री सर्बनन्द सोनोवाल पनि उपस्थित थिए ।
बोडो समूहले विगत ५० वर्षदेखि अलग बोडोन्यान्ड राज्यको माग गरिरहेका छन् । यस हिंसात्मक आन्दोलनका क्रममा सयौं नागरिकको ज्यान गइसकेको छ ।
बोडो समूहहरुसँगको व्यापक छलफल र मध्यस्थता पछि सम्पन्न सम्झौताका क्रममा बोडोल्यान्ड आन्दोलनसँग सम्बन्धित धेरै वटा समूहलाई एकै ठाउँमा ल्याएको थियो । सम्झौताका क्रममा सशस्त्र बोडो समूहहरु र बोडो आन्दोलनका समर्थक नागरिक समाज पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री मोदीले गरेकाे अर्को ट्वीटमा भनिएको छ, “बोडो सम्झौता अरु धेरै हिसाबले पनि महत्वपूर्ण छ । सम्झौताले आन्दोलनका धेरै पक्षलाई एकै ठाउँमा ल्याएको छ, र धेरैलाई समेटेको छ । विगतमा सशस्त्र समूहसँग आबद्ध धेरै व्यक्तिहरु अब मुलुकको प्रगतिमा एकाकार भएका छन् ।”
सम्झौता समारोहमा सम्बोधन गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले भने, “आज, केन्द्र, आसाम सरकार र बोडो प्रतिनिधिहरुबीच एउटा महत्वपूर्ण विषयमा सम्झौता भएको छ । यस सम्झौताले आसाम र बोडो जनताका लागि सुनौलो भविष्य निर्धारण गर्नेछ ।”
सम्झौतापछि जारी वत्तव्यमा बोडो क्षेत्रको विकासका लागि तत्कालै एक हजार ५०० करोड भारतीय रुपैयाँको प्याकेज छुट्याएको बताइएको छ । सम्झौतामा बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको क्षेत्राधिकार, वित्तीय, प्रशासनिक र अन्य अधिकारलाई बढाइएको छ ।
यसअघि सन् १९९३ मा केन्द्र सरकारसँगको सम्झौता बमोजिम बोडोल्यान्ड स्वायत्त परिषद गठन गरिए पनि त्यसले राज्यमा भडकिएको हिंसा रोक्न सकेको थिएन । सन् २००३ मा पनि बोडोल्यान्डको समस्या सुल्झाउन सशस्त्र समूहसँग अर्को सम्झौता गरिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: