Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार

संयुक्तराज्य अमेरिका । आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन् । खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान शुरु हुने लागेकाले पनि सबैको ध्यान आयोवातर्फ केन्द्रित भएको हो ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन चाहने चार जना सिनेटर सोमबार राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग सम्बन्धी बहसबाट विश्राम लिएर आयोवामा चुनावी प्रचारमा जुटेका छन् ।

अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्प विरुद्ध डेमोक्र्याटिक पार्टीले ल्याएको “शक्तिको दुरुपयोग र न्यायमा अवरोध” सम्बन्धी महाभियोगमा पर्याप्त आधार प्रमाण नरहेको जनाएसँगै डेमोक्र्याटिक पार्टीका तर्फका सबै सिनेटरहरु अन्तिम मिनेटको चुनावी प्रचार अभियानका लागि आयोवा पुगेका हुन् ।

चुनावी सर्वेक्षणले डेमोक्र्याटिक उम्मेदवारहरुबीच राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएको छ । मुख्य प्रतिस्पर्धी ठानिएका पूर्व उपराष्ट्रपति जो बाइडेनले यसै साता राज्यका कुनाकाप्चासम्म बसयात्रा सम्पन्न गरेका छन् । उनी आयोवा राज्यमा शीर्ष स्थान हासिल गर्न सके अन्य राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने सोचाईमा छन् ।

इन्डियानाका पूर्व मेयर पिट बुटिगीग पनि जो बाइडेन झैं गल्ली गल्लीमा दौडिरहेका छन् ।

बुटिगीग अहिले ७७ वर्षीय बाइडेनलाई उठाएर जोखिम मोल्ने समय होइन भन्दै पार्टीका सदस्य मतदातालाई आफूतिर आकर्षित गर्न कम्मर कसेर लागेका छन् । बाइडेन भन्दा झण्डै आधा उमेरका ३८ वर्षीय बुटिगीगले आयोवाको क्लिन्टन शहरस्थित मासोनिक टेम्पलमा शुक्रबार ठूलै जनसमूहलाई सम्बोधन गर्दै भने, “मेरो तर्क छ, अहिले पुराना र उमेर ढल्केका व्यक्तिलाई उठाएर जोखिम लिने समय होइन ।”

नोभेम्बरको चुनावमा ट्रम्पलाई कसले चुनौती दिन्छ भनेर अहिल्यै आँकलन गर्न कठिन छ, तर पार्टीभित्र न्यून समर्थन प्राप्त गर्नेहरु सोमबार रातिको मतपरिणामसँगै बाहिरिन थाल्नेछन् । पूर्व सांसद जोन डेलानीले शुक्रबार नै उम्मेदवारी त्यागेको घोषणा गरिसो ।

अद्यापी अझै ११ जना उम्मेदवारहरू यस दौडमा रहेका छन् र धेरैले आयोवाका मतदातालाई आकर्षित गर्न र विजयी हुन खोजिरहेका छन् । यस चुनावमा राम्रो नतिजाका साथ आगामी फेब्रुअरी ११ मा न्यू ह्याम्पशायरमा हुने दोस्रो चुनावी प्रतिस्पर्धामा भाग लिने सबै उम्मेदवारको चाहना छ ।

मतसर्वेक्षणमा आयोवामा बाइडेन र बुटिगीगभन्दा झिनो मतान्तरले अगाडि रहेका सिनेटर बर्नी स्यान्डर्स, चौथो चौथो स्थानकी प्रगतिशील सेनेटर एलिजाबेथ वारेन र पाँचौं स्थानकी सिनेटर एमी क्लोबुचरले अन्तिम क्षणको चुनावी प्रचारलाई तिब्र बनाएका छन् ।

दुई सातादेखि चुनावी दौडमा सिनेटरहरु प्रचारमा लागेका छन् तर सिनेटमा महाभियोगको बहसका कारण उनीहरुका हात बाँधिएका थिए । उनीहरुको पक्षबाट चुनावी प्रचारमा परिवारका सदस्य, आफन्त र पार्टीका अरु सदस्य एवं सांसदहरु खटिएका छन् ।

तीमध्ये एक हुन् ७८ वर्षे बर्नी स्यान्डर्स । उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट सबैभन्दा पाका उमेरका उम्मेदवार छन्, तर युवा पुस्ताको सर्वाधिक समर्थन उनीलाई नै रहेको देखिएको छ ।

डेस मोइन्स नजिक शुक्रबार इन्डी रक ब्यान्ड बोन आइभरले सांगीतिक प्रस्तुति नै दिएको छ । तर त्यस कार्यक्रममा स्यान्डर्स उपस्थित हुन सकेनन्। वासिङ्टनबाटै फोन गरी उनले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन “सकेजति कार्य गर्न” आग्रह गरेका थिए ।

उनी शनिबार सेडान र्यापिड्समा भम्पायर विकिन्डको उपस्थितिमा यस्तै कार्यक्रम गर्दै छन् ।

अर्की उम्मेदवार वारेन पनि डेस मोइन्स शुक्रबार मात्र आइपुगे । क्लोबुचार पनि शनिबार यस्तै कार्यक्रमहरुमा व्यस्त रहने कार्यक्रम छ ।

आयोवा राज्यका डेमोक्र्याटिक पार्टी आबद्ध मतदातामध्ये झण्डै आधाले आफूहरु अझै दोधारमा रहेको बताएका छन् । तीमध्येकी २१ वर्षीया विद्यार्थी स्टेफानी हल पनि छन् । उनी बर्लिङटनमा जो बाइडेनलाई भेट्न आएको हो । उनले ने, यस पटक जो बाइडेनलाई मतदान गर्ने सोचमा छु । तर मलाई मनपर्ने अरु केही उम्मेदवार पनि छन्, त्यसैले अहिल्यै केही भन्न सक्दिनँ ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवारमध्ये विदेश नीतिमा सर्वाधिक अनुभवी जो बाइडेन नै छन् । उनले ट्रम्पका विदेश नीतिहरुका कारण अमेरिका नै खतरामा परेको दाबी गर्दै आएका छन् ।

बाइडेनले एक चुनावी सभामा भने, संयुक्तराज्य अमेरिकाको भावी राष्ट्रपतिले विभाजित मुलुक प्राप्त गर्नेछ, र विश्व अति अव्यवस्थित हुनेछ ।

तर उहाँका आयोवाका भाषणहरू प्रतिद्वन्द्वीहरूलाई चुप लगाउन सक्ने किसिमका थिएनन् ।

सन् २०२० को चुनावमा क्रान्ति वा यथार्थवादमध्ये कुन राजनीतिक दृष्टिकोण लिनु पर्दछ भन्ने कुरामा अझै विवादित छन् । आयोवाकी डेमोक्र्याटिक पार्टी अध्यक्ष ट्रोय प्राइसले मतदाताहरु एक लक्ष्यको वरिपरि एकजुट भइसकेको बताए ।

“सबैको एउटै ध्येय र उद्देश्य छ, डोनाल्ड ट्रम्पलाई हराऔं,“ प्राइसले बताए ।

सेवानिवृत्त ६९ वर्षीय शिक्षक प्याट कारले बुटिगीग नै ट्रम्पलाई पराजित गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

अत्यधिक पक्षधरताको आजको युगमा “बुटिगीगले अरुभन्दा केही राम्रो गरी उम्मेदवारबीच एकता कायम गर्न सक्ने” उनले बताए ।

सेवानिवृत्त शिक्षिका क्यारोल क्लार्कले आफूले वारेनको समर्थन गर्ने बताए । “पछिल्लो चुनावमा म हिलारी (क्लिन्टन) को समर्थक थिएँ । अहिले महिलाको समय हो, तपाइँ के भन्छन् ?”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending